धनगढी असोज ७
धनबहादुर बिक
कञ्चनपुर को पुनर्वास मा खटिएको सशस्त्र सिमा प्रहरी सिमामा हुने सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण का लागि सक्रिय हुने भएको छ ।
भारतीय सिमा नाकासंग जोडिएका पुनर्वासको सिमा नाकामा खटिदै आएको सशस्त्र सिमा प्रहरीले सिमानाका मा हुनसक्ने आपराधिक गतिविधि लाई नियन्त्रण गर्न सक्रिय रहने जानकारी मा आएको छ ।
बिहीबार पुनर्वास नगरपालिका वडा नम्बर ६ मा रहेको सशस्त्र प्रहरी वल त्रिभुवनबस्ति मा वडा अध्यक्ष मित्र सिंह लामाको अध्यक्षतामा बसेको सिमा सहजीकरण समितिको बैडकमा विभिन्न बिषयहरूमा केन्द्रित भई अघि बढने जनाईएको छ ।
खुला नाका को फाईदा उठाउदै चेलिबेटी बेचबिखन तथा मानव ओसारपसार का गतिविधि लाई नियन्त्रण गर्न विशेष निगरानी बढाईने ।
नेपाल सरकारले पुर्णरूपमा प्रतिबन्ध गरेका तथा भारतबाट लुकिछिपी भित्रिदै गरेका बोईलर कुखुरा , माछा , अण्डा , पेय पदार्थ ड्यु , अन्य खाद्यान्न , रसायनिक मलखाद ईत्यादी आयातमा पुर्ण रूपमा रोक लगाईने ,
बिशेषगरी नजिकिँदै गरेको राष्ट्रिय पर्व दशै र तिहार मा खडखडे , तास जुवा जस्ता विकृति मौलाउने भएको ले सशस्त्र प्रहरी तथा जनपद प्रहरी ले संयुक्तरूपमा गस्ती गर्ने तथा विभिन्न विकृति लाई नियन्त्रण गर्न स्थानीय सरोकारवाला संग समन्वय गरि सिमा ननिकका बिद्यालय हरूमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने सिमा सहजिकरण समितिले निर्णय गरेको छ ।
सिमा सहजीकरण बैठकमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रहरी निरिक्षक महेश बिक्रम शाहि , वडा अध्यक्ष मित्र सिंह लामा , वडा सदस्य सुमित्रा भुजेल , सदस्य भावना स्वर्णकार , पुनर्वास उधोग वाणिज्य संघ कोषाध्यक्ष देबी भट्ट , स्थानीय शिक्षक युवराज सुयेल , स्थानीय व्यापारी श्रीकृष्ण नेपाल , स्थानीय सञ्चारकर्मी धनबहादुर बिस्वकर्मा लगायतको सहभागिता रहेको थियो ।
स्थानीय क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोकथाम गर्न तथा समाजमा शान्तिसुरक्षा स्थापित गर्न प्रहरी को एकल प्रयासले मात्रै सम्भव नहुने भएको ले स्थानीय नागरिक सरोकारवाला को पनि भुमिका भएमा लक्ष्य प्राप्ति गर्न सहज हुने ईलाका प्रहरी त्रिभुवनबस्तिका प्रहरी निरिक्षक महेश बिक्रम शाहिले बताए ।
सशस्त्र प्रहरी बल कञ्चनपुर को निर्देशन अनुसार सिमा क्षेत्रमा हुने विभिन्न गतिविधि नियन्त्रण का लागि स्थानीय सामाजिक सरोकारवाला को सक्रियतामा सिमा सहजीकरण समिति गठन भई सिमामा हुने बिभिन्न कार्यक्रम हरू सञ्चालन गरिंदै आएको सशस्त्र प्रहरी वल त्रिभुवनबस्तिका प्रहरी निरिक्षक चन्द्रसिंह महराले जानकारी दिनुभयो । सिमा सहजीकरण समिति का लागि गत बर्ष पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो ।
समितिले सिमा मा हुने बिबाद सुल्झाउन , नेपाल भारत सीमा इलाकामा हुने अपराधिक कृयाकलाप नियन्त्रण गर्ने , सीमा इलाकामा आवात जावत गर्ने मानिसहरु लाइ, सहजीकरण गर्ने , सीमा स्तम्भ हरूको रेखदेख गर्ने तथा सशस्त्र प्रहरी बल नेपाल लाई सहयोगी भुमीका निर्वाह गरी थप प्रभावकारी बनाउने उदेश्य ले सीमा सहजीकरण समिति गठन गरिएको सशस्त्र प्रहरी निरिक्षक चन्द्र सिंह महराले जानकारी दिनुभयो । नवगठित समितिको प्रत्येक एक महिनामा बैठक बसि छलफल र सहकार्य को माध्यमबाट सिमानाकामा हुने नकारात्मक गतिविधिमा केन्द्रीत रहि समस्या समाधान तर्फ भुमिका निर्वाह गर्ने समितिले जनाएको छ ।