‘स्त्री २’ फिल्म ६०० करोड क्लबमा छिर्ने पहिलो बलिउड फिल्म

धनगढी असोज ८
बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राजकुमार रावको फिल्म ‘स्त्री २’ ले बलिउडमा ६०० करोड क्लब सुरु गरेको छ । बलिउडमा अहिलेसम्म सयदेखि ५ सय करोड क्लबसम्म सबैको खाता खानहरू अर्थात् शाहरुख खान, सलमान खान र आमिर खानले गरेका हुन् । तर स्त्री २ यी सबैलाई उछिनेको छ । फिल्म ६०० करोड क्लबमा छिर्ने पहिलो बलिउड फिल्म बनेको छ ।

घरेलु बक्स अफिसमा आइतबार फिल्म ६०० करोड क्लबमा छिरेको छ । गएको ३८ दिनको कारोबारमा फिल्मले कूल ५९८ करोड ८९ लाख भारु कमाएको थियो । आइतबार अर्को ४ करोड ८५ लाख भारु कमाइ गर्दै फिल्मले नयाँ कीर्तिमान बनाएको हो । योसँगै फिल्मको नेट कलेक्सन ६०४ करोड भारु नजिक पुगेको छ ।

खानहरू सुपरस्टार नभएपछि बक्स अफिसमा नयाँ क्लब सुरु गर्ने स्त्री २ पहिलो फिल्म बनेको छ । बलिउडमा सयदेखि ५०० करोड क्लबको सुरुवात गरेको श्रेय खानहरूलाई जान्छ । गएको वर्ष दुईवटा सुपर हिट फिल्म दिएर पनि शाहरुख यो क्लबमा पुग्न सकेका थिएनन् ।

बलिउडमा ५०० करोड क्लबमा अहिलेसम्म परेको सबै फिल्म एक्सन हुन् । यस्तोमा हरर कमेडी फिल्म स्त्री–२ ले नयाँ क्लबको शुभारम्भ गरेको छ । रिलिज भएको ३९ दिन बितिसक्दा पनि फिल्मको कमाई अझै शानदार छ । फिल्म भर्खरै रिलिज हुँदा यसको नेट कलेक्सन ३०० करोड भारुसम्म पुग्ला भन्ने अनुमान थियो । तर फिल्मले अनुमान गरेको भन्दा दोब्बर कमाई गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply