उग्रतारा सामुदायिक वनको ९औं साधारण सम्पन्न

हेमा भट्ट
२०८१ असाेज १२ शनिबार
कञ्चनपुर – उग्रतारा सामुदायिक वन उपभोक्ता समिति कलुवापुर ७ को ९औं साधारण सभा आज संम्पन्न भएको छ । वडा नं ७ मा रहेको संस्थाको हलमा कार्यक्रम संम्पन्न भएको हो ।

साधारणसभामा संस्थाका अध्यक्ष मदन रानाले आर्थिक वर्ष २०८०/०८१ को २३ लाख ८६ हजार ३३२ रुपैया बराबरको आयव्यय सार्वजनिक गर्नुभएको थियो । सुझाव सहितको लेखा प्रतिवेदन अध्यक्ष मदन रानाले भावी योजना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्णपुर नगरपालिकाकी उपमेयर द्राेपती रानाले साधरण सभामा बोल्दै वनको महत्व काठ दाउरामा मात्रै नभएर हरेक क्षेत्रमा रहेको दिगो वन व्यवस्थापनमा जोड दिनु पर्ने उहाँले बताउनु भयो । साथै उहाँले आफुले सामुदायिक वनका लागि गर्नुपर्ने सहयोग गर्ने र वन जङ्गल संरक्षणमा नगर सरकार सधै लागि रहने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि वडा नं ७ का वडा सदस्य आरती बाेहरा, सब डिभिजन बन कार्यालय पिपरियाका प्रमुख नवीन सिंह, सिंहपुर सामुदायिक वनका अध्यक्ष जाेगराज चौधरी, अतिथि वडा सदस्य बहादुर राना,सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी, वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी, जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट, विरेन्द्र सामुदायिक वनका अध्यक्ष राम दास राना कार्यवाहक अध्यक्ष धर्मा भाट, महाकाली सामुदायिक वनका अध्यक्ष बिर बहादुर राजवंशी, वनदेवी सामुदायिक वनका अध्यक्ष रामचन्द्र भट्ट समाजसेवी लेखराज जाेशी, कमल सिंह खड्का लगाएत समाजसेवी बुद्धिजीवी पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियोे।ले बोल्दै वन उपभोक्तामुखी हुनुपर्ने दाउरा काठ वितरणलाई सजल बनाउनुपर्नेमा जोड दिदै र साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सामुदायिक वन की उपाध्यक्ष धौली मल्लको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन समाजसेवी मुकेश भट्टले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply