असाेज १२ शनिबार, २०८१
धनगढी – अष्टम साना किसान कृषि सहकारी संस्थाकाे २७औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । राप्ती सुनारी गाउँपालिका वार्ड नं ५ बाँके जिल्लामा कार्यक्षेत्र विस्तार गरिरहेको छ। हाल बाँके जिल्लामा १२ वटा सेवा केन्द्र विस्तार गरी साना किसान शेर सदस्यहरूलाई सेवा प्रवाह गरिरहेको छ। हाल यस संस्थामा ११,५७९ जना शेयर सदस्य रहेका छन् किसानको पक्षमा रहेर काम गरिरहेको यस अष्टम साना किसानले विपन्न किसानहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गरी उत्पादित दूतको बजारीकरण गरिरहेको छ। जसमध्ये २७ औं वार्षिक साधारण सभा अष्टम साना किसान कृषि सहकारी संस्थाली सेवा केन्द्र विनौनाले ८० साल असोज १२ गते भुवर भवानी मावि दिनुनामा भव्य र सभ्यताका साथ आफ्नो २७ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि यस अष्टम साना किसान कृषि सहकारी संस्थाले किसान विपन्न वर्गको मन जित्न सफल भएकै कारण आज यो स्थानमा पुग्न सफल भएको अवगत गर्नुभयो सेवा केन्द्रमा रहेका किसानहरुलाई एककृत गरी दूध सङ्कलन बजारीकरण र किसानको पक्षमा रहेर किसानले पालेका पशु गाई तथा भैंसीको बीमा सुरक्षणका लागि बीमा योजना यस संस्थाले चाँडै लागू गर्नुपर्ने अवधारणा व्यक्त गर्नुभएको छ। हाल यस विनौना सेवा केन्द्रमा ११३३ जना शेयर सदस्य रहनुभएको छ। शेयर १ करोड १९ लाख ८० हजार बचत छ करोड ७६ लाख ४ हजार र बाँकी यस सेवा केन्द्रको वासलात रु १६ करोड ९० लाख ४९ हजारको वासला विवरण सेवा केन्द्रकी संयोजक श्री दिलावती थापाले आर्थिक वर्ष ८१ र ८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो यस कार्यक्रममा बाँके जिल्लामा भए रहेका साना किसान कृषि सहकारी का उच्च पदस्थ पदाधिकारीहरू स्थानीय जनप्रतिनिधि तथा समाजसेवीको आतित्यमा आजको कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्न भएको छ।
सो संस्थाको उत्तरउ उत्तर प्रगतिको लागि सबै किसान सदस्य ले आफ्नो धारणा व्यक्त गर्नुहुँदै किसानलाई उद्यमशील बनाउन र सहुलियत कर्जा प्रदान गरी सुविधा दिन उत्पादित कृषि उपजको बजारीकरण गरिदिन संस्थालाई अनुरोध गर्नुभएको छ। साथै यस कार्यक्रमको सभाध्यक्ष दिलावती थापाको अध्यक्षता बाट कार्यक्रम समापन गर्नुभएको थियो भने कार्यक्रमा समाजसेवी बुद्धिजीवी लगायत बाक्लो उपस्थिति रहेकोे थियोे । सञ्चालक बिनौना सेवा केन्द्रकी प्रबन्धक श्री गीता कुमारी पुन मगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।