धनगढी असोज १६
दोधारा चाँदनी नगरपालिका का एक वडा अध्यक्षले अति विपन्न तथा गरिव परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । दोधारा चाँदनी नगरपालिका ४ नम्बर वडा कार्यालयका वडा अध्यक्ष भक्त बहादुर सुनारले असाढ २३ र २४ गते परेको अविरल वर्षाले डुवानमा परेका १० नम्बर वडाका ३ परिवार (आशा सुनार, गोला देवी सुनार र नितु सुनार) र ४ वडाका १ परिवार (मन्जन शाही)लाई खाद्यान्न सामग्री वितरण गरिएको बताए । उनले अति विपन्न तथा गरिव परिवारलाई प्रति परिवार १ कट्टा चामल, २ किलो दाल, २ किलो तेल, २ किलो नुन, २ किलो चिनी, २ किलो चियापत्ती, २ पाकेट कपडा धुने सोडा लगायतका खाद्यान्न सामग्री वितरण गरेको अध्यक्ष सुनारले बताए ।
त्यसैगरी आफूलाई साँझ विहान हातमुख जोड्न समेत अप्ठ्यारो भएको बेला वडा अध्यक्षज्यूले खाद्यान्न सामग्री दिएकोमा पिडित परिवारहरुले खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन । दोधारा चाँदनी नगरपालिका वडा नं. १० का अति विपन्न तथा बाढी पिडित आशा सुनार, गोला देवी सुनार, नितु सुनारले ४ नम्बरबाट खाद्यान्न सहयोग पाएकोमा खुसी भएका छन । यस भन्दा अगाडी पनि वडाध्यक्ष्ले आर्थिक तथा खाद्यान्न सहयोग गरेर सामाजिक कार्य गर्दै आएका छन ।