गणेश क्षेत्री असाेज १७
धनगढी – इलाका प्रहरी कार्यालय टीकापुर मा नयाँ कार्यभार सम्हाल्नुभएका प्रहरी नायब उपरीक्षक नबिन राजा बुढाथोकीले टीकापुरमा हुने लागु औषध ,गुन्डागर्दि , जुवातास , बेस्याबृति होस वा नदिजन्य पदार्थ को दोहन होस कुनैपनि कानुन बिपरित हुनेकार्य कडाइका साथ लागुगर्ने र आफु कुनैपनि दवाब नमान्ने बताउनुभयो
धेरैजसो आपराधिक क्रियाकलाप हरु लागुपदार्थ र मादक पदार्थको कारण ले हुनेगरेको र सेवन गरेर आपराधिक क्रियाकलाप हुने त छदैछ सेवन गर्नको लागि पैसाको जोहो गर्न समेत घटना घटाउन सक्ने हुनाले अभिभावक बेलैमा सजग भएर प्रहरीलाइ सहयोग गर्नुपर्ने डियसपि बुढाथोकिको भनाइ थियो
टीकापुर का पत्रकार सङ्ग को भेटघाट र परिचयात्मक कार्यकम मा उक्तकुरा बुढाथोकिले बताउनुभएको हो
नेपालिहरुको महान चाडपर्ब दशै र तिहार मुखैमा आइसकेको छ कुनैपनि आपराधिक क्रियाकलाप नहोस र शान्ति सुरक्षा भंग नहोस भनेर प्रहरीहरु तम्तयार भएर बसेको बताउँदै कुनैपनि कानुन बिपरित हुने कार्यभएको थाहापाएमा हामिलाइ निर्धक्क सङ्ग भन्नुस सुचना चुहावट हुँदैन ढुक्क रहन आग्रह गर्नुभयो
नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा बिकाश निर्देशनालय नक्साल मा कार्यरत रहेका डियसपि ले टीकापुरमा सुरक्षा को रणनिति तयार भइसकेको र कार्वान्यन गर्ने बताउँदै कानुन बिपरित हुने कार्य गर्ने र गरेको पाइएमा कसैलाई पनि उन्मुक्ति नदिने डियसपिको भनाइ थियो
प्रहरी प्रधान कार्यालय मा लामो समयसम्म कार्यरत रहेका डियसपि सुरक्षा रणनितिमा विशेष दख्खल राख्ने बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1