पेशागत बीमा अभिकर्ता संघ नेपाल राष्ट्रिय ट्रेड युनियन सुदूरपश्चिम प्रदेश अध्यक्षमा जोशी चयन

१८ असाेज
धनगढी – सुदूरपश्चिम प्रदेश अध्यक्षमा लक्ष्मी दत्त जोशी चयन भएका छन् । कैलालीको धनगढीमा संघको प्रथम प्रदेश अधिवेशनबाट जोशीको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा लक्ष्मीदत्त भट्ट, मिना चौधरी, केशवराज शर्मा, सचिव धन सिह ठगुन्ना, सह सचिव रेबन्त बहादुर साउँद र कोषाध्यक्ष नारायणी मैनाली सदस्य पार्वती नेगी, सुशिला देउवा बम, रमेश कुमार चौधरी, ललित चन्द, शान्ति मल्ल, नरेन्द्र कलौनी, सुनिता चौधरी, शारदा कुमारी ओझा जोशी चयन भएका छन्  शुक्रबार धनगढीमा शपथ ग्रहण तथा घोषणा सभा आयोजना सम्पन्न भएको छ ।

प्रथम प्रदेश अधिवेशन संयोजन समितिका संयोजक धनसिह ठगुन्नाको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेश प्रमुख हृदय पण्डित प्रमुख अतिथि पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष एबम् सुदूरपश्चिम प्रदेश ईन्चार्ज महेश दत्त भट्ट विशिष्ट अतिथि रहेको कार्यक्रममा अधिवेशन संंयोजन समितिका सदस्य राजेन्द्र बहादुर चन्दले कार्यक्रम सञ्चालन गरेका थिए । अधिवेशनमा सुदूरपश्चिम प्रदेशका विभिन्न शाखा कार्यालयमा कार्यरत १४ जीवन बिमा कम्पनीका अभिकर्ताहरू सहभागी भए । १५ सदस्यीय प्रदेश समितिमा ६ सदस्य पछि मनोनित हुने बताइएको छ । विमा अभिकर्ता संघ नेपाल असाेज १२ गते धनगढीमा सम्पन्न ऐतिहासि प्रथम अधिवेशनबाट पदाधिकारीहरुले जिम्मेवारी पाएका छन् ।शपथग्रहणसँगै बीमा अभिकर्ताको हित र पेशागत मर्यादा कायम गर्दै अघि बढ्ने अध्यक्ष जाेशीले प्रतिबद्धता जनाउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply