टीकापुर नगरपालिका ७ सत्तिबजार मा बृहत साँस्कृतिक कार्यक्रम हुने

गणेश क्षेत्री असाेज १८
धनगढी – टीकापुर नगरपालिका वडान ७ सत्ति बजारमा सन साइन साँस्कृतिक समुह को आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम २०८१ को आयोजना हुनलागेको आयोजक ले जनाएका छन्
कला र संस्कृति भेष भुसा को संरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्य ले एस कार्यक्रम को आयोजना गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक शसि श्रेष्ठले बताएका छन्
कार्यक्रम यहि असोज २२ गतेदेखि २४ गतेसम्म सन्चालन हुने र सो अबधिमा अतिथि क्लाकार टिकटक स्टार देवर भाउजु ( सागरमान रावल र शुसिला केसि ) ,गायिका सङ्गिता चौधरी , डान्सर मुकुन्द जिसि , सुमित्रा चौधरी , अमिसा लामा ,आसिका चौधरी लगायतको आकर्षक प्रस्तुत हुनेछ
त्यसैगरि स्थानीय सनसाइन डान्स एन्ड फिटनेस स्टुडियाे ,पदमपुर युवा क्लब ,
डाडाबोझि युवाक्लब शिबसक्ति युवा क्लब , टीकापुर डान्स एकेडेमी , किङ्ग हुक डान्श एकेडेमी ,लोटस डान्स एकेडमी टीकापुर र द क्राउन डान्स एकेडेमी एन्ड जुम्बा सेन्टर टीकापुर को बेजोड प्रस्तुति हुने कार्यक्रम सदस्य दीपेन्द्र श्रेष्ठले बताउनुभयो
कार्यक्रम मा १ लाख ३० हजार को खर्च हुने अनुमान गरिएको छ । टीकापुर वडान ७ र स्थानीय संघ संस्था को आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न गर्ने लक्ष्य आयोजक को रहेको छ
अतिथि कलाकार लाइ मायाको चिनो , बाजा , टेन्ट , स्थानीय कलाकार को खाजा प्रचारप्रसार मसलन्द , प्रमाणपत्र लगायतमा उठेको रकम खर्च हुने सदस्य कमल खड्काले बताएका छन्
कार्यक्रमको उदेश्य मनोरंजन का साथै सबैभन्दा पुरानो र चर्चित गल्ला मन्डि सत्तिबजार ओझेलमा परेकोले पनि आन्तरिक ब्यापार ब्यवसाय मा टेवा पुगोस भन्ने उदेश्य पनि रहेको आयोजक सदस्य किसन हमाल ले बताउनुभयो
कुनै समुह क्लब वा ब्यक्तिगत प्रस्तुति दिन चाहेमा २१ गते साँझको ४ बजेसम्म सनसाइन डान्स एन्ड फिटनेस स्टुडियाे सत्ति मा सम्पर्क गर्न सकिने आयोजक ले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply