इन्चार्ज भएर आएको ७ दिनमै ठुलो परिणाम मा कपडा , ब्राउन सुगर र जुवातास मा संलग्न ब्यक्ति पक्राउ

गणेश क्षेत्री असाेज १९
इलाका प्रहरी कार्यालय टीकापुरमा इन्चार्ज भएर आएको ७ दिनमै नबिन राजा बुढाथोकि को कमान्डिङ मा ठुलो परिणाम मा कपडा , जुवातास मा संलग्न ब्यक्ति ९ जना र लागु पदार्थ ब्राउनसुगर सहित २ युवा पक्राउ परेका छन्
टीकापुर नगरपालिका वडान ८ श्रीलंकामा शनिबार बिहान राजापुर तर्फ जान लागेको बिहान को १ बजेको समयमा झ्याप्पै भन्सार छलिगरेको अबैध कपडा प्रहरी ले बरामद गरेको छ।


सुरुवाल कुर्ता, कुर्ता , लेगिज लगायतका ४ सय ४० थान कपडा र ओसारपसार मा संलग्न बरामद गरेको भर्खरै इन्चार्ज भएर आएका प्रहरी नायब उपरीक्षक नबिन राजा बुढाथोकि ले बताउनुभयो । उक्त बरामद भएको कपडाको मुल्य साइकल सहित ५ लाख ५० हजार ४ सय बराबरको रहेको बताइएको छ । बरामद गरेको कपडा भन्सारमा बुझाउने तयारि भइरहेको छ । अचानक प्रहरीलाइ देखेपछि तस्कर हरु को भागाभाग भएको थियो
त्यसैगरि जानकि गाउँ पालिका वडान २ बाट दिनदहाडै ३:३० को समयमा जुवातास खेलिरहेका र जुवातास खेलाइरहेका समेत गरेर ९ जनालाई २१ हजार ७ सय ५ रुपैयाँ सहित नियन्त्रणमा लिएको र कानुनि प्रक्रिया अघि बढाइरहेको इन्चार्ज बुढाथोकिले बताउनुभयो
त्यसैगरी लागु औषध ३ ग्राम १ सय २० मिलिग्राम सहित साँझको ६ बजेको समयमा टीकापुर का दुइ युवालाई पक्राउ गरेर कानुनि प्रक्रिया अघि बढाएको छ
डियसपि बुढाथोकिले दुइ दिन अघि पत्रकार सङ्ग को भेटघाट कार्यक्रममा कानुन बिपरित हुने कुनैपनि कार्यलाई शुन्य सहनसिलता अपनाउने र आफुले टीकापुरमा शान्तिसुरक्षा कायम गर्नको लागि ठाेस योजना बनाइसकेको बताउनुभएको थियो र प्रहरी प्रधान कार्यालय मा योजना तथा बिकाश निर्देशनालयमा लामो समयसम्म कार्य गरेका बुढाथोकि ठाेस योजना बनाउने र कार्वान्यन गर्नमा राम्रो दख्खल राख्ने प्रहरी मा गनिन्छन !
साथै चाडबाडमा कुनैपनि घटना नघटाेस भनेर प्रहरी को गस्तिलाइ अझै ससक्त पारिएको र कुनैपनि संकास्पद क्रियाकलाप भएको देखेमा प्रहरीलाइ 9858490306 मा जानकारी दिन अनुरोध गरेका छन् साथै जानकारी दिने ब्यक्ति को नाम र नम्बर गोप्य राखिने समेत डियसपि बुढाथोकिले बताएकाछन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply