भन्सार नपुग्दै दादागिरी शैलिमा सशस्त्र प्रहरी द्वारा सामान जफत : ब्यापारी आतंकित

गणेश क्षेत्री असाेज १९
धनगढी – भन्सार तथा सिमा सुरक्षा को जिम्मा पाएको भन्सार कार्यालय खक्रौला स्थित सशस्त्र प्रहरी गुल्म का गुल्मपति पुर्ण चन्दले भन्सार पुग्न नपाउदै साना ब्यापारीहरुका सामान धमाधम पक्राउ गर्नाले साना ब्यापारीहरु आतंकित भएका छन
भन्सार नपुग्दै सामान नियन्त्रणमा लिनु भन्सार ऐन बिपरित भएको सत्ति भन्सार कार्यालय खक्रौलाका नायब सुब्बा पदमराज भट्टले बताउनुभयो
साना ब्यापारी भन्सार को लागि गुल्म भएर आउँदा दादागिरी शैलिमा सामान नियन्त्रणमा लिने गरेपनि सशस्त्र प्रहरी को सेटिङमा भित्रीएको सामान इलाका प्रहरी कार्यालय टीकापुर ले ४ महिनामा नै २७ लाख ८१ हजार ५ सय बराबरको भन्सार छलिको सामान नियन्त्रणमा लिनाले पनि अग्र पङतिमा बसेको सशस्त्र प्रहरी को सेटिङ को वास्तबिकता उदाङ्गिएको छ
गुल्मपति चन्द सङ्ग भन्सार नपुग्दै सामान किन पक्राउ गर्नुहुन्छ भनेर प्रस्न गर्दा सामान गुल्म को बाटो नभएर आएकोले पक्राउ गरेको भन्नुभयो तर तिकुनिया का ब्यापारी जगतराम र रहिस ले गुल्म को गेट बाट सामान पक्राउ गरेको भनेका छन् भनेपछि गुल्मपति चन्दले तिनीहरु ले भन्सार बनाउदैनन लुकाइ छिपाइ लग्छन त्यसैले समातेको भने ! भन्सार नपुग्दै सामान समात्ने कुन नियम कानुन मा छ भनेर प्रस्न गर्दा संका लाग्यो त्यसैले पक्राउ गरेको बताए
सशस्त्र प्रहरीले चेकजाँच को नाममा ३ ठाउँमा सामान खोल्न लगाएर सर्बसाधारण लाई सास्ति दिएको समाचार २ महिना अघि रैकवार खबर मा प्रकाशित भएको थियो। अझैपनि गुल्म को गेट मा त्यसपछि नेपाल प्रहरी त्यसपछि भन्सार को कर्मचारी र सशस्त्र प्रहरी त्यसपछि फेरि ५० मिटर को दुरिमा सशस्त्र प्रहरी ले सामान खोतल्न लगाएर दुख दिइ रहेका छन् ! भन्सार को गेटमा बसेको सशस्त्र प्रहरी ले घरायसी सामान हो भनेपछि जानुस भन्छन् तर त्यहि गुल्मका सशस्त्र प्रहरी ले ५० मिटर को दुरिमा घरायसी सामान होस वा जेहोस भन्सार बनाएर आउनुपर्दैन भनेर जफत गर्ने गरेका छन्
सशस्त्र प्रहरी गुल्म का गुल्मपति पुर्ण चन्द सङ्ग सर्बसाधारण लाई किन झुक्याएर सामान जफत गर्नुहुन्छ भनेर प्रस्न गर्दा तपाईं जे लेख्नुहुन्छ लेख्नुस मलाई केहि फरक पर्दैन भने ! सिमा संबेदनसिल हुन्छ उध्योग बाणिज्य संघ टीकापुर का महासचिव तपेन्द्र स्वाँर ले चेकजाँच गर्नुपर्छ तर ठाउँठाउँमा चेकजाँच गरेर अनाहकमा दु:ख दिनु गलत हो ! भन्सारको गेटमा भन्सार नबनाएपनि हुन्छ भनेर छोडिदिने तर ५० मिटरको दुरिमा त्यहि गुल्म का सशस्त्र प्रहरी ले भन्सार किन नबनाएको भनेर सामान जफत गर्नु दु:खद भएको बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply