अष्टम साना किसान कृषि सहकारी संस्था शमशेरगञ्जकाे २७ औं बार्षिक साधारणसभा सम्पन्न

२०८१ असाेज २१ साेमबार
रिलिशा थारू
बाँके – राप्ती सुनारी गाउँपालिका वार्ड नं ८ मा रहेको अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड शमशेरगंजको २७औं बार्षिक साधारणसभा साेमबार सम्पन्न भएको छ ।

सभाको कार्यक्रमका प्रमुख अतिथि एवं राप्ती साेनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले उद्घाटन गर्नु भएको हो । अध्यक्ष पौडेलले कृषि तथा पशुपालनका क्षेत्रमा सहकारीसँग गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले सहकारीलाई स्थानीय सहकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

पौडेलले उत्पादनमा जोडिने सहकारीलाई कृषि रूपान्तरण र विकासका लागि सहकारी संस्था मेरुदण्ड रहेकाले दिगो रणनीतिक योजनाका साथ किसानको पक्षमा रहेर सबै सहकारीहरूले काम गर्नुपर्नेमा जोड दिनुभएको छ।
११ हजार ५ सय ७९ शेयर सदस्य रहेकोे संस्थाले १३ करोड ३१ लाख, कुल आन्तरिक पुँजी १ अर्ब १४ करोड, र संस्थाको कुल कारोबार वासलातमा रहेको रकम १ अर्ब ६१ करोडको वासलातको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रबन्धक विशाल तुलाधरले अष्टम साना किसान बाँकेका आठ वटा संस्था एकीकरण गरि नेपालकै नमुनाको रूपमा काम गरेको जानकारी गराए। एकीकरण अभियानमा अष्टम साना किसानले दिएको योगदानको उच्च कदर गर्दै अष्टम साना किसान सबैका लागि केन्द्रबिन्दु बन्न सक्ने जानकारी गराए । साधारण सभामा अध्यक्षको तर्फबाट देवबहादुर ओलीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि शालिकराम डाँगी, समाजसेवी, बुद्धिजीवी, संस्थाका कर्मचारी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रम सञ्चालक मिना बुढाले गर्नुभएको थियो। बार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्यक्रम र बजेट सुझावसहित पारित गरिएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply