जंगली हात्तीको आक्र्रमणमा परेर फेरी कञ्चनपुरमा एक युवकको मृत्यु

२२ असोज धनगढी
जंगली हात्तीको आक्र्रमणमा परेर फेरी कञ्चनपुरमा एक युवकको मृत्यु भएको छ । १२ असोजमा हात्तीको आक्र्रमणबाट लालझाडी गाँउपालिका ४डाँगाजाईका ५० बर्षिया रामदल रानाको मृत्यु भएको १०दिनमै फेरी हात्तीले बेलौरीका युवकमाथि आक्र्रमण गरेको छ ।

गयराती हात्तीको बथानको आक्र्रमणमा परेर बेलौरी नगरपालिका ६ ढक्का चाँदरका २२ बर्षिया युवक उमेश चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले हात्तीको आक्र्रमणमा परेर चौधरीको मुत्यु भएको बताए ।

प्रवक्ता जोशीले सोमबार राती हात्तीको आक्र्रमण परेर चौधरीको मृत्यु भएको बताए । प्रवक्ता जोशीका अनुसार उमेश चौधरी सहित गाँउकै दौतरी रोशन चौधरी, नविन चौधरी मैनाहमा दशैको शुभकामना आदान प्रदान कार्यक्रमबाट घर फर्किने क्रममा पुष्पलाल स्मृति सामुदायिक वनमा हात्तीको आवाज सुनेपछि भागेका थिए । भने उमेश चौधरीले से४प ८६१८नम्बरको मोटरसाईकल चालक थिए । ‘हिजो हराएका उमेशको आज बिहान जंगलमा शव फेला परेको छ, ‘शव भएको स्थानमा हात्तीको गोबरदेखि बोटबिरुवा किचोलेको छ, तैपनि घटना बारे हामीले थप अनुसन्धान अघि बढाएका छौँ ।’ यस विचमा उक्त क्षेत्र निकुञ्जमा पनि एक गर्भवती हात्ती मृत फेला परेको थियो ।

कञ्चनपुरमा पछिल्ला एक दशकयता हात्तीको आक्र्रमणमा परेर मानिसको ज्यान गुमाउनेको संख्या बढिरहेको छ । हालसम्म १३ जनाले ज्यान गुमाईसकेका छन । भने, दर्जनौँ मानिस घाईते भएका छन । बर्षनी अन्नबाली, भौतिक सरचनामा क्षति पुगेको छ । तर,पनि सम्बन्धीत निकायबाट हात्तीका आक्र्रमण रोकथामका प्रभावकारी योजना संचालन हुन सकेका छैनन । सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष एव सरक्षणकर्मी महेश दत्त जोशीले हात्तीको आक्र्रमण बढ्न लागेको भन्दै मानिसमाथि आक्र्रमण गर्ने हात्तीको पहिचान गरेर नियन्त्रण लिनुपर्ने बताए । अध्यक्ष जोशीले कञ्चनपुरमा हात्तीको आक्र्रमण निरन्तर बढीरहेका बेला दिर्घकालिन समाधानका लागि उपाया खोज्नुपर्नेमा जोडदिए ।

यि हुन १० बर्षमा हात्तीको आक्र्मणबाट ज्यान गुमाउने

दश बर्ष अघि ११ असोज ०७१ सालमा दुधुवा नेशनल पार्कबाट आएको हात्तीको बथान पुनर्वासको विकासबस्तीमा पस्यो, हात्तीको उक्त बथान धपाउने क्रममा एक युवकले ज्यान गुमाए । हात्तीको आक्र्रमणममा परेर पुर्नवास नपा १० विकासबस्ती(साविक बाईविचुवा)का अन्दाजी ४९ बर्षिया गर्भुराम चौधरीले ज्यान गुमाए । सोही क्रममा ४४ स्थानीय किसानको धान र उखुबाली नष्ट गरिदियो । हात्तीको आक्र्रमणबाट गर्भुराम चौधरीले ज्यान गुमाएको दोस्रो बर्षमा फेरी अर्की महिलाले ज्यान गुमाएकी छिन । बेलौरी नगरपालिका ५ रामघाटकी ३५ बर्षिया सुन्दरी चौधरीले ज्यान गुमाईन । २९ असोज ०७३ सालमा लालझाडी गाँउपालिका ६ चाँन्देवबाट श्रीमान आशाराम चौधरीसंग साईकलमा जाने क्रममा हात्तीको बथानले आक्र्रमण परेर ज्यान गुमाईन । संगै मर्ने बाँच्ने यात्रामै हिडेका चौधरी दाम्पत्तीमाथि आक्र्रमण गर्दा आशारामले जिवन संगिनी गुमाए आफु भागेर बाँचे । चौधरी दाम्पत्तीमाथि आक्र्रमण गरेको चार महिनापछि फेरी जंगली हात्तीले २१ माघ ०७३ सालमा पुनर्वास नगरपालिका ९ विचफाँटाका ६० बर्षिया बुद्ध मान बहादुर सुनारमाथि आक्र्रमण ग¥यो । दुधुवा नेशनल पार्कबाट आएको हात्तीको बथानले बृद्ध सुनारको ज्यान लियो ।

सीमावर्ती पुर्नवासका बृद्ध सुनारमाथि आक्र्रमण गरेको हात्तीको बथानले अढाई बर्षपछि २९ असोज ०७६ सालमा शुक्लाफाँटा नगरपालिका १ बन्साहका ६५ बषिया अर्का बृद्ध बलदेव बोहरामाथि आक्र्रमण गरेर ज्यान लियो । बोहरा घरदेखि घरसायी कामले साईकल चढेर अर्को गाँउमा जाने क्रममा हात्तीको शिकार बन्नुप¥यो ।

शुक्लाफाँटा बन्साहका बोहराको ज्यान लिएको घटना सेलाउन नपाउँदै हात्तीको बथानले २५ मंसिर ०७६ सालमा दोधाराचाँदनी नगरपालिका २ चाँदनीका ६ महिलामाथि आक्र्रमण ग¥यो । जसमा दुई महिलाले ज्यान गुमाए, तीन घाईते भएका थिए । दोधाराचाँदनी २ चाँदनीका ४२ बर्षिया विष्ना भट्ट (बसन्ती) र ५० बर्षिया भुरी बोहराले ज्यान गुमाईन । भट्ट र बोहरासंगै रहेका चाँदनीकै दौतरी महिला २४ बर्षिया सुनिला विष्ट, २३ बर्षिया सरस्वती ओझा, ३३ बर्षिया कुमादेवी साउद र ३५ बर्षिया ललिता बोहरा घाईते भएका थिए ।

दोधाराचाँदनीका २ महिलाको ज्यान लिएको घटनापछि अर्को बर्ष १३ फागुन ०७७ सालमा पुनर्वास नगरपालिका ९ (ख) गाँउकी ६२ बर्षिया बृद्ध धनादेवी थापाको भारतीय दुधुवा नेशनल पार्कमा हात्तीको आक्र्रमणबाट ज्यान गयो । धनादेवीको ज्यान गुमाएको अर्को बर्ष ३ कार्तिक ०७८ सालमा शुक्लाफाँटा नगरपालिका १२ कालागौडी दुबाहखल्लाका एक दाम्पत्तीकै ज्यान लियो । ६६ बर्षिया ध्वज बहादुर कार्की र ५५ बर्षिया मथुरा कार्कीको संगै ज्यानै लियो । कार्की दाम्पतीको ज्यान लिएको दोस्रो महिना नवित्तै लालझाडी गाँउपालिका ६ चाँन्देव (ढक्का शिबिर)मा बस्दै आएका २५ मंसिर ०७८ सालमा ४८ बर्षिया खगराज रानाको पनि हात्तीको आक्र्रमणबाट मृत्यु भयो ।

हात्तीको आक्र्रमणबाट रानाको ज्यान गुमाएको बर्षदिन नपुग्दै शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटाकी २२ बर्षिया मिरा जोशीले पनि ज्यान गुमाईन । जोशीले ज्यान गुमाएको तीन महिनामै बेदकोट नगरपालिका १ हात्तीथलाकी ६९ बर्षिया बृद्ध हिरादेवी धानुकले ज्यान गुमाईन । हात्तीको आक्र्रमणमा परेर १० बर्षको अवधिमा ११ मानिसले ज्यान गुमाईसकेका छन । भने, यसविचमा २० मानिस घाईते भएका छन । दोधाराचाँदनी नगरपालिका ३ बडुवाल टोलका महाबिर क्षेत्री, दोधाराचाँदनी नगर २ चाँदनीका २४ बर्षिया सुनिता विष्ट, २३ बर्षिया सरस्वती ओझा, ३३ बर्षिया कुमादेवी सायद, ३५ ललिता बोहरा, बेदकोट नगरपालिका १ हात्तीथलाकी ४५ बर्षिया जानकी धामी, रडाहकी दुर्गा महरा, बेदकोट २ मुक्ति शिबिरका सिताराम डगौरा, बेदकोट ३ का डम्बर सिह लुहार, ५ पोल्खरीका प्रकास सिह महता, बेलडाँडी गाँउपालिका १ दोकट्टाका ४५ बर्षिया मान बहादुर कुँवर, बेलडाँडी २ की राधादेवी बोगटी, बेलडाँडी २ कै ललु सार्की, भीमदत्त नगरपालिका १५ गोबरैयाकी भागरथी देवी भट्ट, भीनपा १६ बसन्तपुरका ज्ञानेन्द्र धानुक, १९ बागफाँटाकी ८० बर्षिया कलावती भाट, शुक्लाफाँटा नगरपालिका १२ कालागौडीका ४४ बर्षिया जित बहादुर भाट, लालझाडी गाँउपालिका ६ ढक्का शिबिरकी ५५ बर्षिया रत्ना सार्की, पुनर्वास नगरपालिका १०विकासबस्ती कुण्डाकी ४३ बर्षिया लइक्ष्मीदेवी जोशी, १०विकास बस्तीकै ७१ बर्षिया बृद्ध बाजी राना घाईते भएका छन । १२असोज ०८१मा हात्तीको आक्र्रममा परेर लालझाडी गाँउपालिका ४ डाँगाजाईका स्थानीय ५० बर्षिया रामदल राना र ०८१ असोज २१मा बेलौरीका २२ बर्षिया उमेश चौधरीले ज्यान गुमाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply