शान्ति पुनर्स्थापना गृह को मानब बेचबिखन विरुद्ध को कार्यक्रम सप्पन्न

गणेश क्षेत्री असाेज २३
धनगढी – शान्ति पुनर्स्थापना गृहको आव्हान मानब बेचबिखन विरुद्धको अभियान भन्ने नाराका साथ टीकापुर नगरपालिका वडान ९ मा कार्यक्रम सम्पन्न भएको छ ।
सिमा क्षेत्रमा हुने मानब बेचबिखन तथा ओसारपसार विरुद्ध सरोकारवाला निकाय संग अन्तरक्रिया तथा नेपालीहरु को महान चाड बडा दशै , तिहार तथा छठ पर्बको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो
इलाका प्रहरी कार्यालय का इन्चार्ज प्रहरी नायब उपरीक्षक नबिन राजा बुढाथोकि ले २१ औ शताब्दीमा पनि मानब बेचबिखन चेलिबेटी बेचबिखन हुनुभनेको दुर्भाग्य भएको बताउँदै मानबता विरुद्ध हुने कुनैपनि क्रियाकलाप लाइ रोक्न प्रहरी कटिबद्द भएको बताउनुभयो
सशस्त्र प्रहरी बल खक्रौला का गुल्म पति पुर्ण चन्दले शान्ति पुनर्स्थापना गृहलाइ चेकजाँच मा सहज होस भनेर महिला सशस्त्र प्रहरीलाइ तैनात गरिने बताउँदै महिला र मानबता विरुद्ध को कार्य रोक्न सशस्त्र प्रहरी सधैं सजग भएको बताउनुभयो
प्रहरी चौकि कालाकुन्डा का इन्चार्ज प्रहरी नायब निरीक्षक बिसन दत्त भट्टले पुनर्स्थापना गृह ले विशेष गरेर सिमा पारि हुने चेलीबेटी बेचबिखन र ओसारपसार विरुद्ध गर्ने कार्यहरू निकै सकारात्मक भएको बताउनुभयो
अहेब महेश कुमार श्रीवास्तब ले पुनर्स्थापना गृह ले जनचेतनामूलक कार्यक्रम मा अझै जोड दिनुपर्ने बताउँदै पुनर्स्थापना गृह ले गरेको मानबिय कार्यको प्रसंसा गर्नुभयो ।
शान्ति तथा पुनर्स्थापना गृह कैलाली जिल्ला संयोजक कैलाशो राना ले विशेष गरेर ईन्डिया जान लागेका महिला तथा युवति हरुले सोधपुछ गर्दा वास्तविकता लुकाउनाले पनि बेचबिखन मा पर्ने गरेको पाइएको बताउनुभयो । संयोजक राना ले अशिक्षा , गरिबि बेरोजगारी ले गर्दा मानब बेचबिखन तथा घरेलु हिंसा बढेको पाइएको बताउनुभयो
पत्रकार गणेश क्षेत्री ले परामर्श र उद्दार संख्या को तथ्यांक ले महिला तथा बालबालिका अझै जोखिममा रहेको बताउनुभयो।क्षेत्री ले मानबता बिरोधि क्रियाकलाप रोक्न पुनर्स्थापना गृहले गरेको कार्यहरु प्रभाबकारि भएको र सुरक्षा निकाएको साथै अभिभावक र स्वयं महिला तथा युवती हरु समेत सजग हुनुपर्ने बताए
पुनर्स्थापना गृहकि अन्जु कुँवर ले आर्थिक बर्ष २०८०/८१ मा खक्रौला नाकाबाट १ हजार ९ सय २९ जनालाई परामर्श दिएको जसमध्ये ९ सय ६३ जना बिवाहित र ९ सय ६६ जना अबिवाहित रहेको र ८२ जनालाई उद्दार गरिएको बताउनुभयो
कैलाली जिल्ला संयोजक कैलाशो राना ले आर्थिक बर्ष २०८०/८१ मा समग्र कैलाली जिल्ला बाट ९ हजार ५ सय ८२ जनालाई परामर्श गरिएको जसमध्ये ३ हजार ४ सय २९ जना बिवाहित , ६ हजार १ सय ५३ जना अबिवाहित रहेको र ३ सय ९३ जनालाई उद्दार गरिएको बताउनुभयो
कार्यक्रम मा मानब बेचबिखन का मुख्य कारणहरु , रोकथामका मुख्य चुनौतीहरु , बेचबिखन गर्न सिमापार गर्दा अपनाइने तरिकाहरु , समस्या समाधान गर्ने उपायहरू लगायतको विसयमा छलफल भएको थियो
कार्यक्रममा प्रहरी , पत्रकार , यातायात ब्यवसायि राजेश साउद , स्थानीय र कर्मचारी प्रीयङ्का देबकोटा तिमिल्सिना , पुनम बिक लगायतको उपस्थिति रहेको थियो
कार्यक्रम को सन्चालन अन्जु कुँवर ले गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply