कैलालीमा साढे २० क्वीन्टल अवैध चिनी बरामद

१ कात्तिक धनगढी
कैलालीमा साढे २० क्वीन्टल अवैध चिनी बरामद गरिएको छ । प्रहरीका अनुसार बिहीबार जिल्लाको कैलारी गाउँपालिका-८ लौँसाबाट भारतबाट अवैध रूपमा ल्याइएको १६ लाख ८७ हजार बराबरको चिनी र गाडी बरामद गरिएको हो ।

सुपप्र०१००१च३९५७ नम्बरको गाडीसहित ५० किलो तौल भएका ४१ बोरा अवैध चिनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले बरामद गरेको जनाएको छ ।

बरामद चिनी र गाडी कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply