किन सेलायो पुनर्वासमा नेपाल प्रहरीका ईन्स्पेक्टर शाही माथीको आक्रमण घटना ?

२ कात्तिक धनगढी
पुनर्वास–कञ्चनपुरको पुनर्वासमा नेपाल प्रहरीका ईन्स्पेक्टर महेश विक्रम शाही सहितको प्रहरी टोली माथी आक्रमणको घटना सेलाएको छ ।
असोज १० गते राती करिब ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट भ्यान गस्तीमा निस्केका ईन्स्पेक्टर शाही सहित ९ जनाको प्रहरी माथी आक्रमणको घटनाको एक महिना पुग्न लाग्दा समेत प्रहरीले आक्रमणकारी पहिचान गर्न सकेको छैन् ।
पुनर्वास नगरपालिका–७, बुद्धचोकमा भईरहेको खड्खडे जुवा नियन्त्रण गर्न खोज्दा प्रहरी माथी स्थानीय केहि व्यक्तिले आक्रमण गरेका थिए । आक्रमणबाट प्रहरी ईन्स्पेक्टर लगायत अन्य प्रहरीलाई चोटसँगै भ्यान समेत तोडफोड भएको थियो ।

घटनाका विषयमा बुझ्न दोस्रो दिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक उमेश जोशी पुग्नुभएको थियो । उहाँको उपस्थिती पछि प्रहरीमा आक्रमणकारी पक्राउ पर्छन भन्ने ठुलो आसा थियो । तर घटनाको एक महिना पुग्दा समेत आक्रमणमा संलग्नहरु पक्राउ नपर्दा तल्लो तहका प्रहरीमा निराशा देखिएको छ । उनीहरु भन्छन् हाकिमलाई कुट्दा त क्यै भएन हामीलाई कुटदा झन् के होला ? यस घटनाले प्रहरीमा मात्रै हैन अन्य स्थानीयहरुमा पनि असुरक्षाको अनुभुति देखिएको छ ।

एक महिना पुग्दा समेत कसैलाई कार्वाही हुन सकेन भनी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीसँग कुरा बुझ्दा घटना प्रहरी अनुसन्धानमै रहेको जानकारी दिनुभयो ।

“घटनामा संलग्नहरु उम्कन पाउँदैनन्, हामी ती व्यक्तिहरुको खोजी गरी कार्वाही गरेर छाड्छौ । कुनैपनि दबाबमा रहेर घटनालाई दबाउन खोजेका छैनौ । तत्काल एक्सनमा जाने अवस्था थिएन ।”उहाँले भन्नुभयो, “घटनास्थल मुचुल्का गरेका छौं । म निरन्तर अपडेटमै छु । एकदुई जना भएपनि कार्वाही हुन्छ ।”
घटनाको महिना दिन पुग्न लाग्दा समेत व्यक्तिहरुको पहिचान गरि कानुनी दायरामा ल्याउन नसक्नुले अनुसन्धानमा अब्बल मानिएको नेपाल प्रहरी यतिबेला कमजोर भएको स्थानीयहरुमा महशुस भएको छ । प्रहरीले घटना कसरी सामसुम पा¥यो भन्ने विषय यतिबेला पुनर्वासका चोक चौतारा,चिया पसलहरुमा समेत बहस चल्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply