धनगढी नगर प्रहरी बलले गर्‍यो १३ सय ९४ सर्पको उद्दार

३ कात्तिक धनगढी
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा कार्यरत नगर प्रहरी बलको भुमिका प्रभावकारी बन्दै गएको छ।

‘हर घडी नगर प्रहरी’ अभियानसहित धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीले खोज उद्धारदेखि शव चिस्यान सेवासम्मको काम गर्दै आएको छ। नगर प्रहरीले अहिलेसम्म धनगढी र छिमेकी पालिका गोदावरीबाट समेत गरेर एक हजार तीन सय ९४ सर्पको उद्दार गरेको छ। स्थानीयको घरभित्र पसेको सर्पलाई नगर प्रहरी बलले तत्काल उद्दार गर्ने काम गर्दै आएको छ।

शुक्रबार मात्रै धनगढी उपमहानगरपालिका–३ मा रहेको सुदूरपश्चिम प्रादेशिक आयुर्वेदिक अस्पताल राजपुरबाट नगरप्रहरीले कोब्रा प्रजातीको सर्पको उद्दार गरेर सुरक्षित स्थानमा छोडेको छ। यस्तै विहिबार छिमेकी पालिका गोदावरी नगरपालिका–१ स्थित सीता हमालको घरबाट समेत सर्प समातेर उद्दार गरेको थियो।

दैबी प्रकोपदेखि नगरक्षेत्रमा अलपत्र परेका तथा बिरामी हुँदा उपचार गर्न अस्पताल लिने/ल्याउने कोही नभए रातअर्दरात जतिबेला पनि धनगढी नगर प्रहरी नागरिकको सेवामा खटिने गरेको छ। यी सबै सेवा धनगढी नगर प्रहरी बलले निःशुल्क रुपमा गर्दै आएको छ। यसका लागि धनगढी नगर प्रहरी बलको टोल फ्री नम्बर र सःशुल्क फोन गर्नुपर्ने व्यवस्था मिलाइएको छ।

आफूलाई परेको समस्या धनगढी नगर प्रहरी बललाई जानकारी गराउना साथ नगर प्रहरी परिचालित भएर आवश्यकताअनुसार नागरिकलाई सेवा दिने गरेको उपमहानगरपाकिाले जनाएको छ। नगरबासीलाई सर्पदंश र सर्पलाई अकालबाट मारिनबाट जोगाउन नगर प्रहरीलाई सर्प समात्ने तालिम दिई नगरका घर, टहरा, पसल, गोठभित्र पसेका सर्पको उद्धार गर्ने काम हुँदै आएको छ। त्यस्तै, बाढीबाट डुबानमा परेकाको, सडकमा अलपत्र परेका मानवको उद्धार तथा आगलागी नियन्त्रण, कुनै दुर्घटना घाइतेलाई अस्पताल पुगाउने काममा पनि नगर प्रहरीको भुमिका प्रभावकारी बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply