‘छक्कापञ्जा ५’ को कमाई देशब्यापी १५ करोड ४० लाख !

४ कात्तिक धनगढी
‘छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा उछाल कमाइ गरिरहेको छ । दशैंको फूलपातिमा रिलिज भएको यो फिल्मले प्रदर्शनको १० दिनसम्म देशब्यापी १५ करोड ४० लाख ग्रस कमाई गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले शनिबार बेलुका सार्वजनिक गरेको बक्स अफिस कलेक्सनमा उक्त हिसाब उल्लेख छ । कम्पनीका अनुसार फिल्मले पहिलो साता ११ करोड ५० लाख ग्रस कमाएको छ ।

दोस्रो विहिबार १ करोड २० लाख, दोस्रो शुक्रबार पनि १ करोड २० लाख र दोस्रो शनिबार १ करोड ५० लाख ग्रस कमाइ गरेको ब्यांकटेसले उल्लेख गरेको छ । ‘छक्कापञ्जा ४’ले दोस्रो सप्ताहन्तसम्म साढे १० करोड ग्रस कमाई गरेको थियो । चौंथो श्रृंखलाभन्दा पाँचौको कमाइको गति बक्सअफिसमा तीव्र देखिएको छ ।

दीपाश्री निरौला निर्देशित यो फिल्ममा दीपकराज गिरी, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, केदारप्रसाद घिमिरे लगायतको अभिनय छ । यो फिल्म मध्यपूर्व, अमेरिका, अष्ट्रेलिया लगायतका अन्तर्राष्ट्रिय बजारमा समेत रिलिज भएको छ ।

निर्माता कम्पनी आमा सरस्वती मूभिजका अनुसार ‘छक्कापञ्जा’को पहिलो भागले १६ करोड, दोस्रोले १४ करोड, तेस्रोले २० करोड र चौंथोले १९ करोड कमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply