धनबहादुर बिक ४ कार्तिक
कञ्चनपुर – पुनर्वास स्थित नजागरण सामुदायिक वन उपभोक्ता समुहको २४ औं बार्षिक साधारणसभा तथा रजत जयन्ती भ्यु पार्क स्थलमा बिबिध कार्यक्रम का साथ सम्पन्न भएको छ ।
आईतवार निर्माणधिन भ्यु टावर पार्क स्थलमा संस्था को २५ बार्षिक साधारणसभा तथा रजत जयन्ती समारोह सम्पन्न भएको हो। साधारणसभामा संस्था कि कोषाध्यक्ष मणीनाथ बोगटीले आर्थिक बर्ष ०७९ श्रावण १ गतेदेखि २०८० असार ३१ गतेसम्म को कुल ३३ लाख ११ हजार ९५२ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेकि थिईन । संस्था का अध्यक्ष लोकबहादुर कार्कीको सभाध्यक्षमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशस भुमि व्यवस्था , कृषि सहकारी मन्त्री माननीय वीर बहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले स्थापनाकालदेखि जनजागरण सामुदायिक बन संरक्षण का लागि अहोरात्र खटिदै आएका स्थानीय बन उपभोक्ता तथा बन पदाधिकारीको प्रसंसा गर्दै अब बनलाई बहुपयोगि बन विकास कार्यक्रम कार्यक्रम को रूपमा लैजानुपर्ने बताउनुभयो , बनमा परम्परागत रूख बिरुवा मात्रै नभई , प्रत्यक्ष आएआर्जनमुलक वनस्पति उत्पादन गरि स्थानीयलाई रोजगार को वातावरण सृजना गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
विगतमा वैज्ञानिक बन व्यवस्थापन आम्सिक रूपमा असफल भईसकेको अवस्थामा सरकारले दिगो वन व्यवस्थापन को अवधारणा ल्याई सकेको र यसले धेरै बेरोजगारी लाई रोजगारी आयआर्जन मा टेवा पुग्ने छ मन्त्री थापाले भने । मन्त्री थापाले कृषि प्रबर्द्धन तथा बन विकास संरक्षण का बिषयमा आफ्नो मन्त्रालयले थुप्रै कार्यक्रम हरू ल्याईसकेको र सुदूरपश्चिम प्रदेश मा सबैभन्दा बढि योजना आफ्नो निर्वाचन क्षेत्रमा बिनियोजन गरेको कुरा अवगत गराउदै बिशेष गरि युवा किसानहरूलाई व्यावसायिक कृषि उत्पादन तर्फ अग्रसर हुन प्रेरित गर्नुभयो ।
कार्यक्रममा मन्त्री थापाले पुनर्वासको विकास र समृद्धि का लागि जनजागरण सामुदायिक वन मेरूदण्ड का रूपमा परिचित हुँदै आएको टिप्पणी गर्नुभयो । वनको माध्यमबाट साविक पराशनका जनताहरूले प्रसस्त लाभ लिंदै आएको बताउदै यसको संरक्षणका लागि सञ्चालक समिति को मात्रै नभई सबैको महत्त्वपूर्ण जिम्मेवार रहने मन्त्री थापाले बताए । वनको उत्तरोत्तर प्रगतिको कामना गर्दै वन विकासका लागि प्रदेश सरकारबाट गरिनुपर्ने नितिगत बिषयमा आफुले पहल गर्ने उनले बताए ।
केही समय यता वन क्षेत्र को संरक्षणमा उल्लेखनीय सुधार भएको कार्यक्रम का बिशिस्ट अतिथि तथा कुण्डा सब डिभिजन अधिकृत दिनेश कुमार यादवले जोड दिनुभयो , उहाले बनको थप विकासका लागि जुनसुकै परिस्थितिमा पनि बनको प्रशासनिक बिषयमा आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नरबहादुर बिक ले शुभकामना मन्तव्य राख्दै मानव जिवनमा जल जमिन र जंगल नभई नहुने बिषय हुन जनजागरण सामुदायिक वन स्थानीय समुदायको साझा प्रयासले जोगाउन सफल भएको हो । बनको प्रयासमा स्थानीय उपभोक्ता लाई प्रत्येक्ष लाभ मिल्नुको साथै विभिन्न सामाजिक बिषयका कार्यक्रम हरू सम्पादन गर्दै आएको छ उनले बताए ।
कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले जनजागरण वन संरक्षण तथा विकासका बिषयमा भनाईहरू व्यक्त गरेका थिए । कार्यक्रममा संस्था का अध्यक्ष लोकबहादुर कार्कीले संस्था को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०२४ सालमा तत्कालिन पुनर्वास आवास कम्पनिले भारतको सिमानामा बसोबास गर्ने पूर्व योजना अनुसार बस्ती बसाल्ने क्रममा जंगल फडानी गरी बस्ती बसाउने क्रम जारी रहयो । यो जङ्गलमा पनि बस्ती बसाल्ने उद्देश्यले कटानको लागी छपान समेत भई सक्दा तत्कालिन टि.सि. एन. र पुनर्वास कम्पनिको अन्तरिक विवादले गर्दा यो जंगल कटान हुन बाट रोकिएको र स्थानीय को प्रयासमा बृहत छलफल गरि जनजागरण सामुदायिक वनको नामाकरण गरि करिब ४०० हेक्टर वन क्षेत्र संरक्षण गरिदै आएको कुरा वनका अध्यक्ष लोकबहादुर कार्किले आफ्नो प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।
संस्थाले चालू आर्थिक बर्ष मा वन उपभोक्तालाई प्रत्येक्ष लाभ हुने प्रकारका जनचेतनामूलक तथा रचनात्मक कार्यक्रम हरू गरेको बिबिध बिषयहरू प्रस्तुत गरिएको थियो । वन संरक्षण का लागि अग्नि नियन्त्रण सम्बन्धि बिबिध कार्यक्रम वन क्षेत्र को तारबार तथा ट्रेन्च खन्ने , बृक्षारोपण , रानिवन भ्यु पार्क सरसफाइ , ऐतिहासिक प्याराताल मा पर्यटन बिश्रामका लागि गोलघर निर्माण , गरिब विपन्न महिला तथा बालबालिका उत्थानका लागि जिविकोपार्जनका कार्यक्रम हरू सञ्चालन । त्यो संगै हात्ती आतंक नियन्त्रण , क्यान्सर पिडितलाई सहयोग , वन संरक्षण का लागि सडक नाटक , बिद्यालय सुधार तथा जैविक ल्याब निर्माण जस्ता कार्यक्रम हरू समेत चालु आर्थिक बर्षमा सुचारु गरिएको अध्यक्ष को प्रतिवेदनमा उल्लेख गरिएको थियो।
बनका पुर्व कोषाध्यक्ष करण ऐडी २५ औं रजत जयन्ती मनाईरहदा अझै पनि सामुदायिक बन संरक्षण प्रति उत्तरदायी नभएको महसुस गरेको छु उनले भने , बन विनाश बढेको छ , पुराना रूख काटिदै गर्दा नयाँ बिरुवा उत्पादन तर्फ सन्तोषजनक नरहेको अवस्था देखिएको छ उनलेे भने ।
संस्था को नेतृत्वमा सामुदायिक बनको दक्षिणी भुभागमा रहेको १२ बिगाह क्षेत्रफलमा पर्यटकीय क्षेत्र निर्माण गर्ने उदेश्य का साथ पुर्व खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा भ्युु पार्कको सिलन्यास गरिएको थियो यद्यपि सरकारमा रहदै गर्दा मन्त्री बिना मगरले संघीय सरकार बाट कुनै बजेट उपलब्ध गराउन नसकेको उनलेे गुनासो राखे । भ्यु पार्क को योजना अझै पूरा हुन नसकेको उनलेे थपे । बनका पुर्व सचिव भरत बहादुर बिष्टले बन जोगाउन स्थापनाकालमा धेरै संघर्ष गर्नुपरेको बिषय उल्लेख गरे । वडा अध्यक्ष राना श्रवणले सामुदायिक बनले २५ बर्ष पूरा गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए । जनजागरण सामुदायिक बनमा स्थापनाकाल देखि २३ बर्ष सम्म अध्यक्ष रहेका संस्थापक अध्यक्ष कृष्णबहादुर तामाङले सामुदायिक बनको महत्वकांक्षि योजना भ्यु टा