धनबहादुर बिक
पुनर्वास ७ कार्तिक
धनगढी – पृथ्वीबस्ति दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बुधबार पुनर्वास नगरपालिका ८ पृथ्वीबस्तिमा रहेको पृथ्वीबस्ति दुग्ध सहकारी संस्था लिमिटेड को १५ औं बार्षिक साधारणसभा जनजागरण सामुदायिक बन समुहको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा संस्था का अध्यक्ष दशरथ शर्मा ले संस्था को बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
संस्था कि व्यवस्थापक माधवि आचार्य ले आर्थिक बर्ष ८१ असार मसान्तसम्मको १ करोड ३१ लाख ४९ हजार ३०२ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेकि थिईन ।
लेखा संयोजक लोकबहादुर कार्किले आर्थिक बर्ष ८१ असार मसान्तसम्म को लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्कीले प्रस्तुत गरेको प्रतिवेदनमा दुई करोड ८२ लाख ७६ हजार ३२७ रूपैया को कारोबार भएको विवरण पेस गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माले संस्था को उत्तरोत्तर प्रगतिको कामना गर्दै पृथ्वीबस्ती दुग्ध सहकारी ले प्रसंसनिय कार्य गरेको मा धन्यवाद व्यक्त गर्नुभयो ।
वहाँ ले नगर भरिका सहकारी लाई नगरपालिकाले समान दृष्टिकोणले सहयोग प्रदान गर्दै आएको कुरा उल्लेख गर्नुभयो । आफैंले स्थापना गरेको सहकारी मा बचत गर्दा लगानी पनि सुरक्षित हुने तथा आर्थिकसामाजिक रूपमा पनि क्रमिक सुधार हुँदै जाने नगर प्रमुख शर्माले आफ्नो भनाइमा जोड दिनुभयो ।
सो अवसरमा कार्यक्रम का बिशिस्ट अतिथि केन्द्रीय दुग्ध सहकारी संस्था का सदस्य भरतबहादुर बिष्टले सहकारी लाई चलाउन ईमानदारीताको अत्यन्तै खाँचो रहन्छ , रिण कारोबार गर्ने सेयर सदस्य ले लगेको रिण समयअवधिमै फिर्ता गरेमा अन्य सदस्य ले पनि कारोबार गर्न पाईने हुदा सोही अनुसार सेयर सदस्य ले भुमिका खेल्नुपर्ने कुरामा जोड दिए ।
बिशिस्ट अतिथि तथा जिल्ला बहुउद्देश्यीय सहकारी संस्था का सदस्य दानबहादुर रावल ले देशमा बढदै गइरहेको सहकारी ठगिका कारण सहकारी प्रति नैरास्यता बढनु स्वभाभिक भएको टिप्पणी गर्नुभयो । अर्कोतिर आर्थिक मन्दिका कारण व्यापार व्यवसाय गर्ने व्यापारी हरूको कारोबार धरासायी भएको कारणले सहकारी खस्किएको अवस्थामा पुगेका छन ।जुन सहकारी मा सेयरधनि सचेत हुनेगर्छन सहकारी सुरक्षित हुनेगर्छन रावलले जोड दिनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम रिण सहकारी संघ सदस्य डिल्ली प्रसाद शर्मा ले साधारणसभा मा सेयर सदस्य को निराशाजनक उपस्थिति ले सहकारी प्रति उत्तरदायी नभएको उल्लेख गर्नुभयो । सहकारी सेयर सदस्य कै सहकार्य मा फस्टाउने हो तर सेयर सदस्य को साधारणसभा मा सहभागी नहुनु दुखत बिषष भएको टिप्पणी गर्नुभयो ।
नगर सहकारी प्रमुख धौलराम सार्की ले सहकारी संग सम्बन्धित नितिनियम का बिषयमा सेयर सदस्य लाई अवगत गराउनुभएको थियो । वहाँ ले सेयर सदस्य लाई सजग गराउदै एउटै व्यक्ति धेरै सहकारी मा आबद्ध हुनु नराम्रो पक्ष भएकोले यस्तो नगर्न हुन अनुरोध गर्नुभयो ।
पराशन बहुमुखी सहकारी संस्था का अध्यक्ष शंकरबहादुर के सि ले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नियमित बचतकर्ता सदस्य , असल रिणी स्यर सदस्य लाई कदरपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
संस्था का अध्यक्ष दशरथ शर्मा को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा रहनुभएको थियो ।
बिशिस्ट अतिथिमा केन्द्रीय दुग्घ सहकारी संघ सदस्य भरतबहादुर बिष्ट पुनर्वास नगरपालिका सहकारी बिभाग प्रमुख धौलराम सार्की , जिल्ला बहुउद्देश्यीय सहकारी संस्था का सदस्य दानबहादुर रावल , संस्था कि उपाध्यक्ष दिलकुमारी चन्द को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन संस्था का लेखा संयोजक लोकबहादुर कार्कीले गरेका थिए ।