२२ सटर क्षेत्रमा बिश्राम बाटिका ः युवा विद्यार्थीद्वारा बृक्षारोपण

८ कात्तिक धनगढी
कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर मदन चोक क्षेत्रमा मापदण्ड बिरुद्धमा २२ सटर निर्माण गर्न खोजिएको भन्दै आन्दोलनरथ युवा विद्यार्थीले उक्त स्थानलाई बिश्राम बाटिका घोषणा गर्दै बृक्षर््ाारोपण गरेका छन ।

बिहीबार युवा विद्यार्थीले मदन चोक क्षेत्रमा मापदण्ड बिरुद्धमा २२ सटर निर्माण गर्न खोजिएको भन्दै आन्दोलनरथ युवा विद्यार्थीले उक्त स्थानलाई बिश्राम बाटिका घोषणा गर्दै बृक्षर््ाारोपण गरेको हुन । नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले भीमदत्त नगरपालिकाले मादण्ड विपरित निर्माण गर्न खोजिएको स्थानमा संयुक्त युवा विद्यार्थी संघ संगठनका नेता कार्यकर्ताहरुले बृक्षारोपण गरेको बताए ।

उनका अनुसार नेकपा एमाले, माओवादी केन्द्र, समाजवादी, बहुमत, राप्रंपा, सहितका युवा विद्यार्थीले बृक्षारोपण गरेका छन । बृक्षारोपण गरिएको स्थानमा भवन निर्माण गर्न खोजे उनीहरुले आन्दोलनको चेतावनी दिएका छन । यस अघि भीमदत्त नगरपालिका र प्रशासनमा ज्ञापन पत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply