११ कात्तिक धनगढी
गणेश क्षेत्री
१४ औ भेट्रान फुटबल रनिङ्ग कप प्रतियोगिता २०८१ को फाइनल खेल आज आइतबार कृष्णपुर नगरपालिका ३ देखतभुलि कंचनपुर मा सप्पन्न भएको छ
आजभएको रोमान्चक फाइनल खेलमा आयोजक श्री समावेसी कटान सामुदायिक बन उपभोक्ता समिति दोस्रो पटक बिजेता बन्न सफल भएको छ
मध्यान्तर सम्म पनि दुबै पक्ष ले कुनैपनि गोल गर्न सकेका थिएनन् तर मध्यान्तर पछि आयोजक टिमका क्याप्टेन तथा वडान ३ का अध्यक्ष खेमराज चौधरी ले गोल गरेका थिए तर बिपक्षि ले गोल फर्काउन नसकेपछि आयोजक बिजयि भएको थियो
श्री समावेसी कटान सामुदायिक बन समिति का अध्यक्ष खेमराज ओझाको सभापतित्वमा भएको कार्यक्रममा सुदुर पश्चिम प्रदेश का उध्योग पर्यटन बन तथा बाताबरण मन्त्री लक्ष्मण किशोर चौधरी प्रमुख अतिथि रहनुभएको थियो
विशिष्ट अतिथिमा सुदुर पश्चिम प्रदेश सभा सदस्य गिता चौधरी , माननिय कमल क्षेत्री , निबर्तमान माननिय महेश दत्त जोशि रहनुभएको थियो
प्रमुख अतिथि माननिय मन्त्री लक्ष्मण किशोर चौधरी ले खेलाडी रास्ट्रको गहना भएको बताउनुभयो
प्रतियोगिता हरु ले खेलाडी मा निखार ल्याउने र खेललाइ निरन्तरता दिनुपर्ने बताउदै फरक प्रसंगमा बनमा कार्यबिधि तयार गरेर ठाेस योजना ल्यायर कार्वान्यन गर्ने बताउनुभयो
विशिष्ट अतिथि सुदुर पश्चिम प्रदेश सभा सदस्य गिता चौधरी ले प्रतियोगिता बाट उत्कृष्ट खेलाडी लाइ छनौट गरेर रास्ट्रिय खेलमा समाबेस गराउने गरेमा खेलाडी ब्यवसायिक भएर आर्थिक का साथै रास्ट्रलाइ समेत चिनाउन सक्ने बताउनुभयो
संविधान सभा सदस्य माननिय कमल क्षेत्री ले खेलाडी लाइ राज्यले अवसर र प्रोत्साहन दिन कन्जुस्याइँ नगरेमा नेपाली खेलाडी को शारीरिक क्षमता अरुदेशको दाँजोमा विशिष्ट भएकोले देशको नाम चम्किलो बनाउन सक्ने बताउनुभयो
अर्का विशिष्ट अतिथि निबर्तमान माननिय महेश दत्त जोसिले राज्यले खेलाडी को लागि भनेर निश्चित रकम बिनियोजन गर्नुपर्ने बताउदै खेल मा ब्यस्त भएका उत्कृष्ट युवाहरुलाइ राज्यले अब रोजगारी नै दिनुपर्ने बताउनुभयो
आजभएको प्रथम उपाधि हासिल गर्न सफल भएको आयोजक टिम श्री समाबेसि कटान सामुदायिक बन ले ५१ हजार नगद ट्रफि हासिल गरेको थियो भने उपबिजेता बन्न सफल भएको हरियाली सामुदायिक बन उपभोक्ता समिति ले नगद ३५ ह्जार ट्रफि हासिल गरेको थियो खेलमा ३८ वटा टिमले सहभागिता जनाएका थिए