सरस्वती सुनार
४ मंसिर धनगढी – कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली अवस्थित श्री त्रिनगर माविको सामाजिक परिक्षण प्रतिवेदन तथा विद्यालय विकास गुरुयोजना अन्तर्गत आर्थिक वर्ष २०८० – ०८१ को लागि प्रस्तुती कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा सामाजिक परिक्षण अन्तर्गत विद्यालयको शैक्षिक सुचक, आर्थिक आयव्यय र आगामी दिनमा सुधार गर्नुपर्ने विविध पक्षहरुको प्रस्तुतीकरण गरिएको थियो । यस आ.व.मा भौतिक निमार्णतर्फ शैक्षिक व्यवस्थापनतर्फ खर्च विवरण सार्वजनिक गरिएको थियोे । शिक्षक ११, १२ का तथा सामाजिक परिक्षण प्राविधिक उप- समितिका संयोजक डम्बर बहादुर गडसिलाले प्रस्तुत गरेका थिए ।
अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयमा २ हजार १६ जना विधार्थी अध्ययनरत रहेका छन् । साथै कक्षा ११-१२ मा शिक्षा, व्यवस्थापन ,कानुन, आर्ट, शिक्षा, का कक्षाहरु संचालनमा रहेका छन् ।
सो कार्यक्रममा प्रमुख आतिथ्यता धनगढी उपमहानगरपालिका समाजिक विकास समितिकी संयोजक सुस्मा चौधरी रहेको कार्यक्रममा विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बहादुर चन्द अतिथि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सामाजिक परिक्षण समितिका पदाधिकारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको स्वागत मन्तब्य श्री त्रिनगर माविका प्राचार्य भुपाल सिंह खड्काले गरेका थिए भने शिक्षक अभिभावक संघका अध्यक्ष कमल पन्त को सभाध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन सुचना अधिकारी तिर्थराज फुलाराले गरेका हुन ।