नगर प्रमुख ओझाद्वारा कृष्णपुर नगरपालिका वडा नं. ६ को वडा कार्यालय भवन उद्घाटन

हेमा भट्ट
४ कार्तिक २०८१
धनगढी – कृष्णपुर नगरपालिका वडा नं. ६ को वडा कार्यालय मिति २०८१-०८-०४ गते मंगलबार उद्घाटन गरिएको छ । निर्माणकार्य पुर्ण रुपमा सम्पन्न भइसकेपछि आज कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले उद्घाटन गर्नु भएको हो । वडा नं. ६ का वडा अध्यक्ष बाबुराम चौधरीको अध्यक्षतमा संञ्चालन भएको उद्घाटन कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा प्रमुख अतिथी रहनु भएको थियो ।

त्यसैगरी कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्राेपती राना,कृष्णपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कैलाश बलायर विशिष्ट अतिथिमा रहनुभएकाे थियो ।अतिथिमा कृष्णपुर ६ का वडा सदस्य चक्रबहादुर रैकाल, सदस्य रमेश डगौरा, आसमती राजवंशी, स्वयंमसेवीका कलावती बाेगटी, समाजसेवी बुद्धिजीवी सामुदायिक वनका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वयंसेवीका, शिक्षक पत्रकार लगायतकाे उपस्थिति रहेकोे थियोे ।

भवनमा हलसहित, प्रशासनिक कक्ष, वडाध्यक्ष कक्ष,दर्ता, चलानी, महिला, पुरुष शौचालय, बाताबरण मैत्री सभा हल आधुनिक भवन निर्माण गरिएको वडानम्बर ६ का वडाध्यक्ष बाबुराम चौधरीले बताए। अध्यक्ष चौधरीले आफ्नै वडा कार्यालय भवन निर्माण भएपछि दैनिक कार्य सञ्चालनमा सहज हुनुका साथै वडाको दैनिक प्रशासनिक काम चुस्तदुरुस्त हुने विश्वास व्यक्त गरे । चौधरीले विकासका पूर्वाधार निर्माण कार्यलाई तीव्रताकासाथ अगाडी बढाएको र वडाको शिक्षा, स्वास्थ्य, लगायतको भौतिक पूर्वाधार निर्माणलाई पनि तीव्रताका साथ बाताबरण मैत्री बनाएको बताए ।

कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले लामो समयको प्रखाइपछि नगरपालिका भवनहरु वनेपछी जनताहरुलाई सेवा प्रवाहमा सहज हुने विश्वास लिएको बताउनु भयो ।

वडामा पनि भौतिक पुर्वाधार निर्माणसँगै जन अपेक्षा अनुसार विकास र सेवा सम्पादन गर्दै नगरपालिकालाई समृद्ध बनाउन आफू र आफ्नो टिम लागि परेको बताए । भवन निर्माण गर्नु मात्र ठुलो काम नभएर बनेका संरचनाहरुलाई जोगाउनु ठुलो कुरा भएको भन्दै नगरप्रमुख ओझाले स्थानियहरुले अव वडाको संरचनालाई जोगाएर राख्नु पर्ने बताउनु भयो ।

नगर उप–प्रमुख द्राेपती रानाले नगरका वडा कार्यालय भवनहरु निर्माण गर्न पाउँदा खुसी लागेको बताइन्। उनले भनिन् कृष्णपुर नगरपालिकामा व्यवस्थित वडा कार्यालय भवनहरु निर्माण भएका छन्, र वडा नम्बर ९ काे वडा कार्यालय पनि चाडै केही दिनभित्रै उद्घाटन गरिने बताइन् । साथै कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ।वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिइन् ।

१ करोड ३५ लाखको लागतमा भवन निर्माण गरिएको वडाध्यक्ष बाबुराम चौधरीले जानकारी दिए । कार्यक्रमको स्वागत मन्तब्य वडा सदस्य चक्र बहादुर रैकालले गरेका थिए भने वडा अध्यक्ष बाबुराम चौधरीको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव लाेकराज पन्तले गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply