वनदेवी सामुदायिक वनको आठौं साधारणसभा सम्पन्न

७ मंसिर २०८१, शुक्रबार
सरस्वती सुनार
कञ्चनपुर – वनदेवी सामुदायिक वन उपभोक्ता समूहको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले वन समूहको आयव्यय र प्रगति प्रतिवेदन पारित गरेको हो । सभाले आगामी आर्थिक बर्षका लागि बिधान अनुसारको कार्ययोजना समेत पारित गरेको छ ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निरज भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभा कार्यक्रममा कृष्णपुर नगरपालिकाका ९ का वडा अध्यक्ष कैलाश बलायरको प्रमुख आतिथ्य रहेको कार्यक्रम सामुदायिक बनको प्राङ्गणमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायरले सामुदायिक बनको उपलब्धि उपभोक्ताहरु भएको हुँदा बन संरक्षण र संवद्र्धनमा एकजुट हुनुपर्ने बताए ।

बन आम्दानीको श्रोत भएकाले यसको संरक्षण र सम्वद्र्धनमा आम उपभोक्ताहरुले बनलाई आफ्नो हो भनेर सक्रिय रुपमा लाग्नुपर्ने बताउँदै वनले बजेट तथा कार्यक्रम बनाउँदा सराेकार वालासंग समन्वय गर्न आग्रह गरे । अध्यक्ष बलायरले वनमा भएको बजेट खर्च गर्दा साधारण सभाबाट पास गरि स्थानीय सरकार र डिभिजन वन कार्यालयको स्वीकृती लिनुपर्नेमा जोड दिए ।

साथै बलायरले सामुदायिक बनका समिती मात्र सक्रिय भएर हुँदैन उपोक्ताहरु पनि सक्रिय र चनाखो हुनुपर्ने बताए ।

यस् वनदेवी सामुदायिक वन उपभोक्ता समुह वनलाई अगाडी बढाउन वडाका उपभोक्ताहरुले ध्यान दिन जरुरी भएको र वनको दिगो संरक्षण र सम्बर्धनमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु–याउने कुरा बताउदै वडासंग समन्वय,सहकार्य गरी पूर्वाधारको काममा सहयोग पुराउने बताउनुभयो।


बार्षिक साधारण सभामा समुहका अध्यक्ष निरज भण्डारीले स्थानीय स्रोत साधनको आधारित दिगो सामाजिक संस्था तथा सुशासन युक्त सामाजिक संस्था सहितको लक्ष्य प्रस्तुत गरेका थिए ।

अध्यक्ष भण्डारीले वृक्षरोपण, बिरुवा हुर्काउने, कटान गर्ने तथा वितरण र अन्य आवश्यक स्रोत व्यवस्थापन गरि भरपर्दो माध्यमबाट सेवा सञ्चालनमा ल्याउने, बन विभाग तथा कार्यालय तथा स्थानीय संघ संस्थाहरुको सहकार्यमा समन्वयकारी भुमिका निर्वाह गर्ने उद्देश्यहरु सहित ०८१/०८२ को नीती तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ०८०/०८१ को आर्थिक प्रतिवेदन काेषाअध्क्ष निर्मला नेपालीले प्रस्तुत गरेकी थिइन् । उनले गत आर्थिक बर्षको २२ लाख ८० हजार ६ सय ५३ रुपियाँ बराबरको बजेट प्रस्तुत गरेकी थिईन् ।

समूहका अध्यक्ष निरज भण्डारीको अध्यक्षतामा
सचिव फुल कुमारी चौधरी को स्वागत तथा युवा समाजसेवी लाेकराज ओझाको सञ्चालनमा सम्पन्न साधारण सभामा विशिष्ट अतिथि कार्यपालिका सदस्य कालिका चौधरी, वडा सदस्य मुली राना, तराई भू–परिधि कार्यक्रमका फिल्म सुफर भाइजर शेरबहादुर चौधरी, सामुदायिक वन सहजिकरण समितिका सचिव तथा महाकाली सामुदायिक वनका अध्यक्ष वीर बहादुर राजवंशी, ईलाका प्रहरी कार्यालय विचवाका प्रेम साउ, नवज्योति आधारभूत विद्यालयका प्राचार्य टेकबहादुर साउद, CFCC माेहना कैलालीका उपाध्यक्ष तथा सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी, अतिथि जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट,विरेन्द्र सामुदायिक वनका अध्यक्ष धर्मा देवी भाट,उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन राना, प्रगतिशील सामुदायिक वनका अध्यक्ष छाेटेलाल चौधरी, एकता सामुदायिक वनका पदाधिकारी, गौरादेवी सामुदायिक वनका अध्यक्ष सुरेश बलायर, टोलबिकास संस्थाका प्रतिनिधी , समूहका पदाधिकारीहरु , समाजसेवी बुद्धिजिवी , संचारकर्मी लगाएको सहभागिता रहेको थियो ।

बार्षिक साधारण सभामा उक्त सामुदायिक वन अन्तर्गत पर्ने नवज्योति आधारभूत विद्यालयका ५ जना शिक्षक लाई दाेसल्ला सहित सम्मान गरिएको थियोे भने विशिष्ट अतिथि अतिथिलाई मायाको चिनो र विद्यार्थीलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply