सिता सामुदायिक वनमा साल बढाउन पत्ल्याउने कार्य सुरु

हेमा भट्ट
८ मंसिर २०८१
कञ्चनपुर – कृष्णपुर नगरपालिकाका ९ सीता सामुदायिक वन उपभोक्ता समुह भित्र रहेका साल प्रजातिका रुख वृद्धि गर्न वनले विशेष कार्ययोजना बनाएर काम शुरु गरेको छ। पत्ल्याउने कार्ययोजना बनाएर वनको पाँच हेक्टर क्षेत्रमा थिनिङ कार्यक्रम अभिमुखीकरण काे आयोजना गरिएको सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले ले जनाएको छ।

सामुदायिक वनले आफ्नो स्वीकृत कार्ययोजना अनुसार वनको संरक्षण, आवश्यकता अनुसारको पत्ल्याउने काम शुरु गरिएको र वनमा लाथ्रा र पोलको उचित स्टक कायम गरी बोटविरुवालाई वृद्धि गर्नुका साथै गुणस्तरिय वन पैदावार उत्पादनमा टेवा पुर्‍याउने, बाेटविरुवाको उचित संख्या कायम गरी वनको हैसियतमा सुधार गर्ने, वन पैदावारको न्यूनिकरण गर्ने तथा साना साइजका सालका रुख (पोल)को वृद्धि विकास गर्न पत्ल्याउने काम शुरु गरिएको हो।

साल प्रजातिको रुख अधिक प्रकाश चाहिने प्रजाति भएको तथा सानो विरुवालाई उपयुक्त वातावरण दिएर बढाउनभन्दा बढिसकेका बाेटविरुवालाई उपयुक्त वातावरण दिँदा वनलाई चाँडै उपल्लो तहमा पुर्‍याइ छिटो कटान योग्य वनमा परिणत गराउन सहज हुने हुँदा तलबाट पत्ल्याउने कार्यक्रमले वनको हैसियत सुधार हुने साइज अनुसारका रुख कायम गर्ने, राम्रा, गुणस्तरीय र उत्पादनसिल रुख राख्न सहयोग पुग्ने विश्वास अध्यक्ष चौधरीले गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply