सिंहपुरमा दिगो वन व्यवस्थापन अन्तरक्रिया कार्यक्रम सम्पन्न

११ मङ्सिर धनगढी
हेमा भट्ट
कञ्चनपुर – कृष्णपुर नगरपालिका वडा नं ६ मा श्री सिंहपुर सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा “सामुदायिक वन सहजीकरण समिती, कंचनपुरको आयोजनामा दिगो वन व्यवस्थापन कार्यान्वयन ‌बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कृष्णपुर नगरपालिका का मेयर हेमराज ओझा प्रमुख अतिथि रहनुभएको थियो

प्रमुख अतिथि ओझा ले कंचनपुर का सयौ सामुदायिक बनहरुमा लागुभएको बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम सहि वा गलत भन्ने भ्रममा रहेको र हालसम्म कुनै निकास नपाउँदा संरक्षणमा लागेका हजारौं उपभोक्ता अन्यौलताको बिच मर्कामा पर्नुका साथै बनभित्र रहेका करोडौं रकम बराबरको बन पैदावर बन डढेलो चोरिनिकासि लगायतका कारण ले दिनानुदिन नस्ट भै रहेका छन् ।

मेयर ओझाले सुदुरपस्चिम प्रदेश सरकार कानमा तेल हालेर बसिरहदा लुम्बिनी , गन्डकि र बागमती प्रदेश ले आफ्नो प्रादेशिक ऐन नियमावली र बैज्ञानिक दिगो बन ब्यवस्थापन कार्यबिधि लागु गराइ बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम को पुन : शुरूवात गराइसकेको ले सुदुरपस्चिम प्रदेश सरकार लाइ गम्भिर भएर ऐन बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो

कार्यक्रम मा सामुदायिक बन सहजीकरण समिति का उपाध्यक्ष एबं सिता सामुदायिक बन समिति का अध्यक्ष पुनाराम चौधरी ले स्वागत गनुभएको कार्यक्रम को सन्चालन सामुदायिक बन सहजीकरण का सचिव बिरबहादुर राजबंशि ले गर्नुभएको थियो
कार्यक्रममा १३ वटा सामुदायिक बनका अध्यक्ष एबं पदाधिकारीहरुको उपस्थिति रहेको थियो

कार्यक्रममा बन ऐन नियमावली मा भएको ब्यवस्थापन कार्यान्वयन र बिगतमा बैज्ञानिक बन ब्यवस्थापन मा सामुदायिक बनले गरेका सकारात्मक पक्ष लाइ प्रदेश सरकारले स्पष्ट धारणा राख्न अनुरोध गर्नुका साथै उपभोक्ता को हकहितका बारेमा कार्यबिधि कार्यान्वयन गर्नुपर्ने माग गरिएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि सव डिभिजन वन कार्यालय कञ्चनपुर प्रमुख राम विचारी ठाकुरले पानसमा बत्ती जलाइ ब्यानर बाचन गरी कार्यक्रम संचालन गरेका थिए, अतिथिमा सामुदायिक वनका अध्यक्ष पदाधिकारी हरु रहेको कार्यक्रममा सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सामुदायिक वन सहजीकरण समितीका सचिव वीर बहादुर राजवंशीले गरेका थिए । कार्यक्रमको अन्त्यमा सामुदायिक वन सहजीकरण समितीका अध्यक्ष तथा सिंहपुर सामुदायिक वनका अध्यक्ष जाेगराज चौधरीले सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो

वैज्ञानिक वा दिगो वन व्यवस्थापन भनेकै वनको संरक्षण गर्नु मुख्य उद्देश्य थियो। वन त्यसै पनि नविकरणीय श्रोत हो। बुढा रुखहरु बढ्न छाडेपछि कार्बन संचिती पनि कम हुन्छ र विस्तारै भित्रको काठ (हर्ट उड) धोद्रो हुन थाल्छ।

यस्ता रुखहरु हटाँउदा नयाँ विरुवाहरुले राम्रोसंग बढ्ने मौका पाउँछन र कार्बन पनि बढी संचित गर्छन। त्यसैले वनको हैसियत सुधार्न र उत्पादकत्व बढाउनका लागि वैज्ञानिक वन व्यवस्थापन पद्दति ल्याईएको हो। मुख्यतः यो वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन हो जुन वैज्ञानिक विधिद्वारा प्रतिपादित हुन्छ, त्यसैले वैज्ञानिक वन व्यवस्थापन भन्दैमा आत्तिहाल्नु पर्ने केही हुँदैन।अन्तर्राष्ट्रिय अभ्यासहरु हेर्दा पनि कतै वैज्ञानिक वन व्यवस्थापन, कतै दिगो वन व्यवस्थापन, कतै सकृय वन व्यवस्थापन त कतै जिम्मेवार वन व्यवस्थापन नामाकरण गरेको पाईन्छ तर त्यसभित्रको लक्ष्य सबैको दिगोपना र उद्देश्य आफ्ना आफ्ना आवश्यकता परिपूर्ति नै हुन्छ। एउटै नाम राखे पनि त्यसभित्रको उद्देश्य आफ्ना आफ्ना आवश्यकताअनुसार फरक-फरक हुन सक्छ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply