धनगढीमा २२ मंसिरदेखि सुदूरपश्चिम महोत्सव हुने

१३ मङ्सिर धनगढी
२२ मंसिरदेखि कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आउँदो साता शनिबारदेखि सुदूरपश्चिम महोत्सव ०८१ हुन लागेको हो । ‘सम्बृद्ध सुदूरपश्चिमको लागि आर्थिक सम्बृद्धि’ मुल नाराका साथ महोत्सव हुन लागेको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवको तिव्र तयारी भईरहेको आयोजकले जनाएको छ ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको सम्पूर्ण तयारी तिव्र गतिमा भईरहेको बताए । कैलाली उद्योग वाणिज्य संघले हरेक वर्षको मंसिर २२ गतेदेखि सञ्चालन गर्दै आएको महोत्सवको यस बर्ष १८ औँ संस्करणमा गर्न लागेको छ । महोत्सवमा मा १५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

कैलाली धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने महोत्सव स्थलमा पाँच सयको सङ्ख्यामा स्टलहरू निर्माण गरिने अध्यक्ष कुँवरले बताए । सुदूरपश्चिम महोत्सवमा स्थानीय परिकार, थारू गाउँ लगायतका विशेषता रहेका छन । हालसम्म २० प्रतिशत बढी स्टलहरू बुक भएका आयोजकले जनाएको छ ।

महोत्सव सञ्चालनका लागि मूल आयोजक समितिसहित २० उप–समितिहरू रहेका छन। व्यावसायिक कृषि प्रदर्शनी, उद्योग व्यापारको प्रवर्धन तथा कला, संस्कृतिको संरक्षण एवम् प्रवर्धनका लागि स्टल रहने बताउँदै अध्यक्ष कुवरले यस बर्ष वर्षको महोत्सवमा पाँच लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।

कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको सरकार प्रमुखले उद्घाटन गर्दै आएका छन । धनगढीमा सरकार प्रमुखलाई बोलाउने र मागको सङ्ख्यामा माला लगाउने चलन रहेको छ। तर, यो पटकको महोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओली आउने वा नआउने विषयमा टुङ्गो लागेको छैन।

कैलाली उद्योग वाणिज्य संघले प्रधानमन्त्री चीन भ्रमणमा जाने भएकाले उक्त विषयमा टुङ्गो लगाउन बाँकी रहेको हो। प्रधानमन्त्री ओली मङ्सिर २१ गते नेपाल फर्किने र २२ गते धनगढीमा महोत्सव उद्घाटनका लागि आउने विषयमा छलफल जारी रहेको अध्यक्ष कुँवरले बताए। कैलाली उद्योग वाणिज्य संघले फरक क्षमता भएकालाई महोत्सवमा निःशुल्क प्रवेश दिने भएको छ।

विद्यार्थीबाट ५० रुपैयाँ र सर्वसाधारणबाट प्रवेशको एक सय रुपैयाँ टिकेट लिने बताएको कैलाली उद्योग वाणिज्य संघले फरक क्षमता तथा जेष्ठ नागरिकबाट रकम नलिने बताएको हो। कैलाली उद्योग वाणिज्य संघले महोत्सवको टिकट बिक्रीबाट आम्दानी भएको रकमको केही सामाजिक काममा प्रयोग गर्ने भएको छ ।

महिलाको आर्थिक, सामाजिक सशक्तीकरणको लागि प्रति टिकट २ रुपैयाँ, विपद् व्यवस्थापन कोषमा प्रति टिकट पाँच रुपैयाँ, लागु औषध दुव्र्यसन विरुद्धको अभियानको लागी प्रति टिकट एक रुपैयाँ छुट्याइएको हो । गत बर्ष पनि निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गरेका थिए । महोत्सव हुने भएपछि सुप प्रदेशको आर्थिक कारोबारमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ । लाखौँले महोत्सवको अवलोलकन गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply