इप्रका टीकापुर को टाेलिले लगातार ३ दिन लागु औषधि सहित ब्यक्ति पक्राउ

१४ मङ्सिर धनगढी
गणेश क्षेत्री /
इलाका प्रहरी कार्यालय टीकापुरको अपराध अनुसन्धान को टाेलिले लगातार ३ दिन लागु औषध सहित ओसारपसार मा संलग्न ब्यक्तिहरुलाइ पक्राउ गरेको छ इन्चार्ज नबिनराजा बुढाथोकिले लागु औषध नियन्त्रण पहिलो प्राथमिकता मा रहेको र प्रयोगकर्ता लाइ मात्रै नभएर लागु औषध बेचबिखन गर्नेलाइ पक्राउ गर्ने महाअभियान नै चलाएको बताउनुभयो

पक्राउ पर्नेमा आज १४ गते टीकापुर नगरपालिका खक्रौला मा इलाका प्रहरी कार्यालय टीकापुर को अपराध अनुसन्धान को टाेलि र कालाकुन्डा प्रहरी चौकिको संयुक्त टाेलिले टीकापुर नगरपालिका वडान १ एकतापुर बस्ने बर्ष २४ को बिशाल शाहि लाइ चेकजाँच गर्दा साइकलको सिट मुनि बाट ५.०७ ग्राम लागु औषध खैरो हेरोइन ५ पोका सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय का इन्चार्ज प्रहरी नायब उपरीक्षक नबिन राजा बुढाथोकिले बताउनुभयो

त्यसैगरि १२ गते रामपुर चोकमा जानकि गाउँ पालिका ७ गोलौरि बस्ने बर्ष १९ को शंकर चौधरी को खानतलासी गर्दा १.७० ग्राम लागु औषध खैरो हेरोइन सहित पक्राउ गरेको र १३ गते खक्रौलामा टीकापुर नगरपालिका ३ रामपुर बस्ने बर्ष १८ को दिपक बिकलाइ खान तलासि गर्दा ७०० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरेको इन्चार्ज बुढाथोकिले बताउनुभयो
टीकापुरमा लागु औषध लाइ नियन्त्रण गर्न अभिभावक , नागरिक समाजको सहयोग को आवश्यकता रहेको र साथै सुचना समेत दिएर सबैले लागु औषध मुक्त समाज निर्माण मा सहयोग गर्नुपर्ने र सुचनादिने ब्यक्ति को गोपनियता भंग नहुने डिएसपि ले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply