जानकी सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

हेमा भट्ट
१५ मंसिर २०८, शनिबार
कञ्चनपुर – कृष्णपुर नगरपालिका ९ पिपरिया स्थित सरस्वती आधारभूत विद्यार्थीको प्राङ्गणमा जानकी सामुदायिक वन उपभोक्ता समुहकाे १५औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । समूहका अध्यक्ष चन्द्र प्रकाश भट्टको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य आर्थिक मामिला मन्त्री माननीय बहादुर सिंह थापाले बिरुवा राेपेर जल अर्पण गरि कार्यक्रम संचालन गरेका थिए ।थापाले सामुदायिक बनको उपलब्धि भनेको उपभोक्ताहरु भएको हुँदा बन संरक्षण र संवद्र्धनमा एकजुट हुनुपर्ने बताए । बन आम्दानीको श्रोत भएकाले यसको संरक्षण र सम्वद्र्धनमा आम उपभोक्ताहरुले बनलाई आफ्नो हो भनेर सक्रिय रुपमा लाग्नुपर्ने बताए । संघ, प्रदेश र स्थानीय तहबीच कार्यक्षेत्र, अधिकार,प्रदेश तथा प्रदेश र स्थानीय तहबीच विवाद उत्पन्न हुने गरेको पाइन्छ । सरकारका तहबीच यसरी पटकपटक विवाद भयो भने आर्थिक विकास र जनहितका काम हुन सक्दैनन् । यसकारण, संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्यव, सहयोग र सहकार्य हुन जरुरी छ । यसको निष्कर्ष निकाल्न अहिले सबै तहका सरकार लागि परेको उनलेे बताए । तिन तहका सरकार बीच अन्तरसम्बन्ध तथा अन्तरनिर्भरता कायम गर्न अहिलेको आवश्यकता बताए ।

यसैगरी कृष्णपुर नगरपालिका नगर उपप्रमुख द्राेपती रानाले सामुदायिक बन सम्पदा होईन श्रोत भएको बताईन् । यसलाई समयमानै व्यवस्थापन गर्न सकिएन भने खेर भएर जाने बताउँदै सामुदायिक वन र बिद्यालयहरुमा कसैले पनि राजनिति गर्न नहुने बताईन् । स्थानिय समुदायमा उपभोक्ताहरुलाई रोजगारी सृर्जना गर्नु र राज्यलाई अर्थतन्त्रमा सहयोग हुने उपप्रमुख रानाको भनाई छ ।

कार्यक्रममा सहजिकरण समितिका सचिव तथा महाकाली सामुदायिक वनका अध्यक्ष वीर बहादुर चौधरीले हामीले काम गर्दै जादा कहिलेकाहीँ कमजोरी पनि हुनसक्छ, आलोचना पनि आउन सक्छ, लक्ष्य प्राप्तिका लागि सुझाव सल्लाह अनुसार अगाडि बढनु पर्छ, हामी संग तीन सरकार छन त्यसमध्ये थप सामुदायिक वन पनि रहेकोे जानकारी गराए । अभिभावक बुवा जस्तो हुनुपर्छ अभिभावकको जिम्मेवारी निभाउन सुझाव दिए ।सामुदायिक बनका समिती मात्र सक्रिय भएर हुँदैन उपोक्ताहरु पनि सक्रिय र चनाखो हुनुपर्ने बताए ।

कृष्णपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कैलाश बलायरेले यस जानकी सामुदायिक बनलाई अगाडी बढाउन कृष्णपुर नगरपालिका वडा नम्बर ९ र ८ का उपभोक्ताहरुले वनको संरक्षण गर्नु सबैको दायित्व भएको ले बन संरक्षण र व्यवस्थापन गर्न उपभोक्ता समूहको भूमीका महत्वपूर्ण रहने बताए ।
बलायरले आगामी स्थानीय सरकारले सामुदायिक वनलाई हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

बार्षिक साधारण सभामा समुहका अध्यक्ष चन्द्र प्रकाश भट्टले स्थानीय स्रोत साधनको पहिचान र परिचालन सहितको लक्ष्य प्रस्तुत गरेका थिए ।
भट्टले संस्थाहरुको सहकार्यमा रहेको क्षेत्र वरपर पर्यटकीय स्थल निर्माण गर्न समन्वयकारी भुमिका निर्वाह गर्ने उद्देश्यहरु सहितकाे बजेट प्रस्तुत गरेका थिए । ०८०/०८१ को आर्थिक प्रतिवेदन समुहका अध्यक्ष चन्द्र प्रकाश भट्टले प्रस्तुत गर्नुका साथै उनलेे प्रगति प्रतिवेदन पेश गरेका थिए ।

समूहका अध्यक्ष चन्द्र प्रकाश भट्टको अध्यक्षतामा सदस्य अनिता चौधरीको स्वागत तथा सचिव कुबेर रानाको सञ्चालनमा सम्पन्न साधारण सभामा विशिष्ट अतिथि – कृष्णपूर नगरपालिका उपप्रमुख द्रोपती राना,कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायर,पिपरिया सव डिभिजन प्रमुख हेमनारायण साहनी,पर्यटन विकास समाज कञ्चनपुरका अध्यक्ष लेखराज जोशी, cfcc मोदना कैलालीका उपाध्यक्ष तथा सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी, cffc का सचिव तथा महाकाली सामुदायिक वनका अध्यक्ष वीर बहादुर राजवंशी,अतिथि – पिपरिया सब डिभिजन फलिस्टर दिपक सुनार, वडा नम्बर ९ का वडा सदस्य माेली राना, गौरादेवी सामुदायिकका अध्यक्ष सुरेश बलायर वनेदेवी सामुदायिकका अध्यक्ष निरज भण्डारी, बिरेन्द्र सामुदायिक वनकी अध्यक्ष धर्मा देवी भाट प्रगतिशील सामुदायिकका अध्यन छोटेलाल चौधरी, एकता सामुदायिक वनका पदाधिकारी
उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन राना,

सरस्वती आधारभूत विद्यालयका अध्यन देवेन्द्र प्रसाद‌ भट्ट, ईलाका प्रहरी कार्यालय इन्चार्ज प्रेम साउँद, विभिन्न सामुदायिक वनका अध्यक्ष शिक्षक, संघसंस्थाका कर्मचारी,टोलबिकास संस्थाका प्रतिनिधी , समूहका पदाधिकारीहरु , समाजसेवी बुद्धिजिवी , संचारकर्मी लगाएको सहभागिता रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply