१६ मङ्सिर धनगढी
गणेश क्षेत्री
कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहकाे ३१ औ बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जित राम चाैधरीकाे अध्यक्षता भएकाे बार्षिक साधारण सभा मा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अतिथी रहेका थिए बिशिष्ठ अतिथीमा टीकापुर नगरपालिका वडा न ७ का अध्यक्ष यज्ञ प्रसाद न्याैपाने , ६ का वडा अध्यक्ष बलीराम चाैधरी , वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला र डिभिजन बन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कडेल रहेका थिए
प्रमुख अतिथि मेयर रामलाल डगौराले सत्ति कर्णाली सामुदायिक बन नमुना बन भएको बताउनुभयो । कैलालीको सबैभन्दा पहिलो दर्ताकायम भएको बनले सामाजिक क्षेत्रमा गरेको कार्यहरु उदाहरणिय भएको बताउदै यो क्षेत्र बाढीपीडित क्षेत्र भएकोले नगरपालिका ले सामुदायिक बनसङ्ग जनसहभागिता मा तटबन्धन बनाएको र जनसहभागिता मा अझैपनि तटबन्ध निर्माण गर्ने बताउनुभयो
कार्यक्रममा सामुदायिक वन उपभाेक्ता समुहकाे १ कराेड ३५ लाख ५७ हजार बराबरकाे काराेबार गरेकाे बार्षिक आय ब्यय बनका लेखापाल मैनकला घर्तिले प्रस्तुत गर्नुभएको थियो
कार्यक्रममा उपभाेक्ताकाे तर्फबाट जगत ठकुल्ला , सामुदायिक रेडियाे टीकापुर एफएमका स्टेसन मेनेजर एकेन्द्र तिमिल्सेना ,भानु सामुदायिक पुस्तकालय सत्तीका अध्यक्ष मनिराम ढुङ्गाना ,नेपाल रेडक्रस साेसाईटी नारायणपुरका सभापति धनसरी काेईराल, सामुदायिक सहकारी संस्थाका अध्यक्ष पल बहादुर बस्नेत, सामुदायिक वनका पुर्व अध्यक्ष धनसिह साउद,साबिक धनसिहपुर गाबिसका पुर्व अध्यक्ष जंग बहादुर साउद लगायतले शुभकामना मनतब्य राखेका थिए
सामुदायिक बनका अध्यक्ष जितराम चौधरी ले आफ्नो भत्ताबाट बिपन्न , जेहन्दार, दलित बिध्यार्थि लाइ कपि कलम १० जनालाई बितरण गरेका थिए भने सामुदायिक बन ले कर्णाली माबि सत्ति र रास्ट्रिय आधारभुत बिध्यालय सुर्यपुर का बिध्यार्थि प्रथम द्वितीय र तिर्तिय हुने २१ जनालाई कापिकलम बितरण गरेका थिए र त्यसैगरि ७५ बर्ष भन्दा माथिका वृद्ध उपभोक्ताहरुलाइ चिसोबढेकोले पानी तताएर खानको लागि इलेक्ट्रिक हिटर १ सय ५७ वटा बितरण गरिएको थियो
सामुदायिक बन ३१७ हेक्टरमा फैलिएको र २०५१ दर्ता नम्बर १ रहेको छ भने यो जङ्गल मा अजिङ्गर , चित्तल , बाघ , बदेल , निलगाइ र विभिन्न प्रजातिका चराचुरुङ्गी पाइने गरेको कार्यालय सचिब मिन बहादुर ठकुल्ला ले बताउनुभयो