हेमा भट्ट
१८ मंसिर २०८१
अपाङ्गता भएका ब्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा चुरे गाउँपालिका महिला बालबालिका साखाको आयोजना ३ डिसेम्बरमा शुभकामना आदानप्रदान कार्यक्रम;सम्पन्न भयो ।
प्रमुख अतिथी चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीको आतित्यथामा र उपाध्यक्ष धना देबि थापाकाे अध्यक्षतामा भएको कार्यक्रम
स्वास्थ साखा प्रमुख गजेन्द्र बिष्टले संचालन गर्नु भएको थियो ।
विशिष्ट अतिथि प्रमुख प्रशसकिय अधिकृत तेज बहदुर बाेगटी अतिथिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक अपांग, बाल क्ल्ब का सदस, वडा अध्यक्ष, कर्मचारी, स्वास्थ्यकर्मी,सुरुक्षाकर्मी
आमा समूह कार्यपालिका सदस्य, प्रहरी निरीक्षक, समाजसेवी, बुद्धिजीवी, अपाङ्गता समितिका सदस्य लगायतको उपस्थिति थियो ।
अपाङ्गता भएका ब्यक्तिहरुको ३३औं अन्तराष्ट्रिय दिवसको राष्ट्रिय नारा वाचन गर्दै प्रमुख अतिथी चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले कार्यक्रमको उद्घघाटन गर्नु थियो ।
गाउँपालिका उपाध्यक्ष धना देबि थापा र अध्यक्ष चक्र बहादुर बाेगटीले कार्यक्रमका सहभागिहरुलाई अन्तर्राष्ट्रिय दिवसको अवसरमा जनचेतनामूलक तथा शुभकामना आदानप्रदान गरे।