प्रमुखकाे निवासमा अनधिकृत ब्याक्तिले कब्जा

१९ मङ्सिर धनगढी
प्रमुखकाे निवासमा अनधिकृत ब्याक्तिले कब्जा गरेपछि, प्रमुख र अपाङ्ग कर्मचारीलाई छैन ठाउँ । शाररिक अशक्त भएकाले बस्न पाएनन, अप्ठेराे ठाउँमा बस्न बाध्य ।

सरकारि कार्यालयमा अनधिकृत ब्याक्तिले कब्जा जमाए पछि नयाँ सरुवा भई आएका कार्यालय प्रमुखलाई समस्या भएकाे छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कंचनपुरमा यस्ताे समस्या आएकाे हाे । लामाे समयदेखि कार्यालय प्रमुख बसेका श्रीमान संगै सरकारि निवासमा बसेकि सुर्या धामीले श्रीमानकाे अन्त सरुवा हुदा समेत निवास छाडिनन, केही पहिला श्रीमान सेवानिबृत भएर घर गए र पनि श्रीमती धामीले कार्यालय छाडिनन ।

केहिदिन पहिला कार्यालयमा नयाँ प्रमुख आए उनले बस्ने ठाउँ खाेजे पछि निवासकै भुई तलामा रहेकाे स्टाेरमा बस्ने ब्यावस्था मिलाईयाे । कार्यालय प्रमुखले बस्न साेफा आदि खाेजे पछि माथील्लाे तलामा रहेका साेफा, कब्जा राखेकि धामिले तल राख्न दिईनन ।


श्रीमती सुर्या धामी ( पशु तथा मच्छे बिकास निर्देशनालय दिपायलमा कार्यरत)छैठौ तहको कर्मचारिका लागि कंचनपुर जिल्ला कार्यालय प्रमुखको निवास उपलब्द गराउने शर्तमा कार्यालय प्रमुख सरूवा गरि कंचनपुर पठाउने गरेकाे कार्यालय स्राेत बताउछ ।

जिल्लामा कार्यालय प्रमुख बाहेक अरूलाई सरकारी नीबासको सुबिधा नरहेकाे बताइन्छ भने निज सुर्या धामी यस कार्यालय भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कंचनपुरको कर्मचारि नै होईनन् उनी आफ्नो कार्यालय दिपायल डोटीमा हाजिर नभएर कंचनपुरकाे विज्ञ केन्द्रकाे निवासमा बसेकाे पनी १८/२० दिन भएकाे कार्यालय स्राेत बताउछ ।
उनलाई भेटेर अर्काकाे कार्यालय निवास किन कब्जा गरेकाे ? भनेर सम्वृर्धि पाेष्टकाे टिम कार्यालय र निवास बाहिर जादाँ निवास बाहिर वहाकाे लुगा सुकाउन राखेकाे थियाे भने उनी निवास र कार्यालय क्षेत्रमा भेटिएनन, त्यसपछि वहाकाे सम्पर्क नम्बर 9848038885 मा सम्पर्क गर्दा फाेन उठेन ।
यसबारे कार्यालय संग घामि यहाँकि कर्मचारि हुन कि हाेइनन भनेर साेद्धा कार्यालय स्राेतले हाजिरि रजिस्टारमा सुर्या धामी नामक कुनै कर्मचारि नरहेकाे बताएको छ ।
कार्यालयमा कार्यरत एकजना अपाङ्ग कर्मचारि रहेका छन वहालाई भित्र बाहिर जान आउन, शाैचालय पनि अपाङ्गमैत्री चाहिन्छ तर वहा (भाडा) आफन्तकाे घरमा बस्न बाध्य छन । सुशासनकाे नारा लगाईरहेकाे सरकार के हेरेर बसेकाे छ साना कर्मचारि आफै अचम्ममा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply