२१ मङ्सिर धनगढी
गणेश क्षेत्री /
इलाका प्रहरी कार्यालय टीकापुरले टीकापुर नगरपालिका वडान ९ खक्रौला पुलबाट लागु औषध खैरो हेरोइन र भजनि तर्फबाट हुदै भित्रीएको प्रतिबन्धित माछा लगायत सुर्तीजन्य पदार्थ बरामद गरेको छ
साँझ ३:३० बजेको समयमा इलाका प्रहरी कार्यालय टीकापुर को सुचना संकलनमा खटिएको टाेलिले चेकजाँच गर्दा लम्कि चुहा नगरपालिका वडान ५ थापापुर का बर्ष १९ को सुरज गिरिलाइ १.४५० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नबिन राजा बुढाथोकिले बताउनुभयो
त्यसैगरि भजनि तर्फबाट आउदै गरेको भ्यु टावर नजिकै बाट प्रतिबन्धित माछा सुर्तीजन्य पदार्थ ओसारपसार मा प्रयोग भएको मोटरसाइकल समेत गरेर २ लाख २२ हजार बराबरको सामान नियन्त्रणमा लिएर सत्ति भन्सार कार्यालय खक्रौलामा बुझाएको छ
इलाका प्रहरी कार्यालय टीकापुरले हिजोमात्र लागुऔषध ओसारपसार मा संलग्न टीकापुर नगरपालिका १ सक्तिनगर का श्रीमान श्रीमती मुकेस चौधरी र सिर्जना चौधरी लाइ १३ ग्राम १६० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरेको थियो
डियसपि बुढाथोकी ले कानुन बिपरित कार्य गर्नेहरु लाइ कानुनि कठघरामा ल्याएरै छाड्ने बताउनुभयो