२२ मङ्सिर धनगढी
गणेश क्षेत्री /
इलाका प्रहरी कार्यालय टीकापुरले श्रीङ्खला बद्द रुपमा खैरो हेरोइन पक्राउ गर्दै आएको छ
इलाका प्रहरी कार्यालय का इन्चार्ज प्रहरि नायब उपरीक्षक नबिन राजा बुढाथोकीले आज फेरि १६:०० बजे को समयमा टीकापूर नगरपालिका ९ स्थित खक्रौला पुलमा जानकी गाउँपालिका वडा नम्बर ९ खैरिफाटा बस्ने बर्ष १९ को सचिन रावल लाई शंकाको आधारमा शरीर तलासी गर्दा निजले चलाएको साइकल को घन्टी भित्र प्लास्टिक मा बेरेको १ पोका खैरो हेरोइन लागुऔषध तौल ४ ग्राम बरामद गरेको बताउनुभयो
इलाका प्रहरी कार्यालय बाट खटिएको सुचना संकलन को टाेलिले लगातार लागु औषध पक्राउ गर्न सफल हुँदै आएको छ ! सुचना संकलन को टाेलिले पक्राउ गर्नु सर्हानिय भएको तर यसरि लगातार लागु औषध सहित पक्राउ पर्नु जेल जानुपर्छ भन्ने थाहाहुँदा हुँदै पनि ओसारपसार मा कमि नहुनु दु:खद कुरा भएको समाजसेवी नरेस्वर धमाला ले बताउनुभयो
इन्चार्ज बुढाथोकि ले लागु औषध ईन्डिया बाट आउने गर्छ ! ईन्डियन सुरक्षाकर्मिसङ्ग को काउन्टर पार्ट मिटिङमा पक्राउ परेका ब्यक्तिलाइ ईन्डिया मै लगेर खरिद गर्ने स्थान र ब्यक्ति पहिचान गरेर पक्राउ गर्न पहल गर्ने बताउनुभयो