जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको ११ औँ बार्षिक साधारण सभा सम्पन्न

२५ मङ्सिर धनगढी
जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । महाकाली सिँचाई प्रणाली अन्र्तरगत रहेको कञ्चनपुरको जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको ११औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

जिल्लाको उत्तरी भेग रौटेला बैजनाथ बृद्धआश्रममा बार्षिक साधारण सभा गरिएको जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिले जनाएको छ ।

महाकाली सिँचाई प्रणाली जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिका अध्यक्ष गंगादत्त भट्टले बैजनाथ बृद्धआश्रम केन्द्रमा बार्षिक साधारण सभा गरिएको बताए । उनका अनुसार बार्षिक साधारण सभाबाट थप सिँचाईका समस्या समाधान गर्दै किसानलाई सहजै सिँचाई सुविधा पु¥याउने प्रतिबद्धता जाहेर गरिएको छ ।‘कृषि उत्पादन एव सम्बृद्धिका लागि सिँचाई अपरिहार्य छ, ‘उनले भने, ‘सिँचाई व्यवस्थापन सुधार र सुविधामा हाम्रो समिति जुटेको छ ।’

समितिले साधारण सभाको अवसरमा बेदकोट नगरपालिका ८ रौटेलास्थित वृद्धाश्रमका वृद्धवृद्धालाई फलफूल वितरण र खाना खुवाएको छ । समितिले वृद्धाश्रमलाई आर्थिक सहयोग समेत गरेको छ ।

महाकाली सिँचाई प्रणाली जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिका अध्यक्ष गंगादत्त भट्टको अध्यक्षतामा गरिएको साधारण सभामा महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समिति अध्यक्ष भीम थापा प्रमुख अतिथि थिए । कार्यक्रममा जल उपभोक्ता संघका पदाधिकारी सहितको सरोकारवालाको सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply