दिवंगत नेकपा माओवादी पुनर्वास कि नेतृ पार्वती दुलाल को १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा

धनबहादुर बिक
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कि नेतृ एंब मञ्चकी केन्द्रीय सदस्य पार्वती दुलालको १३ औं दिन को पुन्य तिथि मा मंगलबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

दिवंगत हुनुभएकि दुलालको निवास पुनर्वास नगरपालिका ६ स्थित छोरा बिष्नु दुलालको घरमा
स्वर्गीय पार्वती देबि दुलाल देववास हुनुभएको १३ औं दिनको पुण्य तिथिको अवसरमा वहाँ निकट पार्टी नेपाल कम्युनिस्ट पार्टी पुनर्वास नगर कमिटीले हार्दिक श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

श्रद्धाञ्जली अर्पण गर्दै वहाको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ । नेपाल कम्युनिस्ट पार्टी पुनर्वास नगर समिति कञ्चनपुर ले अपिल गरेको छ ।
२०१३ चैत ३० गते जन्मिनुभएकि दुलाल २०८१ मंसिर १३ गते देववास हुनुभएको थियो ।

सुदूरपश्चिम प्रदेश सहसचिव रामबहादुर देवकरले दिवंगत पार्वती दुलालको राजनिती जिवनि तथा वहाँ का सामाजिक योगदान का बिषयमा आफ्नो भनाइमा चर्चा गर्नुभयो ।

श्रद्धाञ्जली सभा कार्यक्रममा प्रमुख अतिथि रहनुभएका नेपाल सरकार का पुर्व शिक्षा मन्त्री तथा पार्टी का केन्द्रीय उपमहासचिव एबं सुदूरपश्चिम ईन्चार्ज गिरीराजमणी पोख्रेलले कमरेड पार्वती दुलाल जस्ता योद्धा कै कारण आज मुलुकमा युगान्तकारी परिवर्तन आएको स्मरण गराउदै माओवादी पार्टीले अभिभावक गुमाउनुपरेको बताउनुभयो । १० बर्षे जनयुद्ध कालमा नेत्रि दुलालले पार्टी सञ्चालन होस वा पार्टी अगाडि बढाउने बिषयमा होस वहाँ का योगदान अतुलनीय अविस्मरणीय थिए वहाँ ले टिप्पणी गर्नुभयो ।

दिवंगत पार्वती दुलाल जस्ता योद्धा कै बलिदानीले मुलुकमा शोषक सामन्ती हरूको अन्त्य गर्दै देशमा लोकतन्त्र र गणतन्त्र स्थापित हुन सकेको हो यद्यपि यतिबेला देशमा भुराजनितिले नयाँ नयाँ समस्या हरू थपिएका छन ।

नेकपा माओवादी केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चार्जा टेकेन्द्र भट्ट ले पार्टी मा आफ्नो जिम्मेवारी बहन गर्दैगर्दा वहाँ लाई आमाको रूपमा सम्बोधन गरिन्थ्यो आफ्नो भनाइमा जोडनु भयो ।

औपचारिक शिक्षा नभए पनि पार्टी ले दिएका हरेक जिम्मेवारी कर्तव्यनिष्ट भएर पूरा गर्न कहिल्यै पछि हट्नुभएन । पार्टीको अभिभावक आमाको रूपमा रहनुभएकि पार्वती दुलालले देखाएको बाटोमा आफुहरू हिंडनुपर्ने नेता भट्ट ले जोड दिनुभयो ।

पुनर्वास नगरपालिका निवर्तमान नगर प्रमुख जिवनराज थापाले पार्वती दुलाल कम्युनिस्ट आन्दोलन को खम्बा को रूपमा हुनुहुन्थ्यो । अभिभावक को भुमिका का रूपमा परिचित पार्वती दुलाल प्रति थापाले हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

सभापति पुनर्वास नगर कमिटी अध्यक्ष धोके राना को सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री गिरिराजमणि पोख्रेल हुनुहुन्थ्यो ।
सो अवसरमा नेकपा माओवादी का केन्द्रीय सदस्य लोकेन्द्र लम्साल , दिपा चौधरी , निर्मला बडाल , केन्द्रीय लेखा सदस्य बिरबल बिस्वकर्मा , सुदूरपश्चिम प्रदेश कमिटी सहसचिव रामबहादुर देवकर , जिल्ला संयोजक खेमराज पाण्डे , जिल्ला सचिव सहबिर सुनार , बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरी , पुनर्वास नगरपालिका निवर्तमान नगर प्रमुख जिवनराज थापा , वड नम्बर ९ अध्यक्ष नरबहादुर बिक , वडा नम्बर १० का अध्यक्ष सुकदेव राना लगायत अतिथि रहेका थिए ।

श्रद्धाञ्जली सभामा वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्र सम्मका नेता कार्यकर्ता हरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम को सञ्चालन प्रदेश कमिटी सदस्य कञ्चन गिरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply