कंचनपुर पुनर्वास नगरपालिका ११ अमर बस्तीमा रहेको अम्मर गोकुल सामुदायिक बन उपभोक्ता समुहले बिहीबार सामुदायिक वनकाे सभा हलमा पत्रकार सम्मेलन गरेर गरेका हुन । समितिका विरुद्ध तथ्य हिन समाचार सम्प्रेषण गरेको भन्दै पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञापति जारी गरेको छ । प्रेस विज्ञाप्तिमा उल्लेख भए अनुसार श्री अमर गोकल सामुदायीक वन उपभोक्ता समुहको मिति २०७९/ १०/२७ गतेको बिशेष साधारण सभा बाट सर्वसम्मति रूपमा अध्यक्ष पदमा मान बहादुर थापाको नेतृत्वमा १५ जना कार्य समिती चयन गरि विधि अनुरुप विभिन्न उप-समिति :- आन्तरिक लेखा परिक्षण समिति, सल्लाहाकार समिति , अनुगोमन समिति लगायत ११ वटै टोल कमिटि गठन कार्य समेत सम्पन्न भएको थियो ।
समुहको विधान कार्ययोजना बमोजिम पदाधिकारी तथा सदस्य लगायतका उप-समिति र टोल कमिटीले इमानदारीपुर्वक आफ्नो जिम्मेवारी निर्भाह बहन गर्दै वन संरक्षण कार्यमा समर्पित रहेको दाबी गरेका छन । बनको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा आर्थिक वर्ष २০७९/ २०८० मा विविध प्राबिधिक कारणले काठ दाउरा संकलन गर्न नसकिएता पनी आर्थिक वर्ष २०८०/ २०८१ मा प्रदेश सरकारको मन्त्री परिसदको निर्णय र वन निर्देशनालय, डिभिजन वन कार्यालय कञ्चनपुरको निर्देशन अनुसार समुहले वन सर्वेक्षण (AAC) गरी बिशेष साधारण सभा बाट वार्षिक कटान स्वीकृति पारित सहित अनुमोदन गरी आवश्यक नियम प्रक्रिया पूरा गरी समुहले काठ दाउरा संकलन कार्य सम्पन्न गरी उपभोक्ताहरुको माग अनुसार, अनुगमनको आधारमा पाउनै पर्ने उपयुक्त पात्र छानी अति आवश्यकता लाई मध्यनजर गरि सालको काठ गोलिया, दाउरा,विक्रि वितरण कार्य सम्पन्न गरेको समुहका अध्यक्ष थापाले जानकारी गराए ।
नियमानुसार छुट्टाउनु पर्ने आपूर्तिलाई छट्याएको काठ गोलिया ३०% सुरक्षित यस समुहको घाटगद्दीमा रहेको र बाकी २५०० क्यू फिट काठ बिक्री बितरण गरी आम्दानी रकम बैंकमा दाखिला भैसकेको बताए । बिगत लामो समय देखी झाडी सफाई, आगलागी नियत्रण तथा वन संरक्षण कार्यमा नियमअनुसार खर्च गरदै आएका छौं । नियम अनुसार समितिको कामकार्वाही निरन्तर चलिरहेको छ । यसै क्रममा यस सामुदायीक वन उपभोक्ता समूहको आन्तरिक लेखा पंरिक्षण (आलेप) भईरहेको छ । आलेपको सम्पुर्ण कामकाज सक्किने लगत्तै नियम अनुसार सार्वजनिक रुपमा लेखा प्रतिबेदन सुनुवाइ गर्ने कार्यक्रम बाकी नै छ । तर पनि कुनै आधार विना लेखा समितिको प्रतिबेदन सार्वाजनिक हुनु अगावै बदनाम गर्ने नियतले विभिन्न धाक-धम्कीका साथै पैसा मागेको र नियम अनुसार हुने भुक्तानी दियौं र अन्य माग नियम बिपरित कुरा दिन नसक्किने बताए पछि यसरी समाचार सम्प्रेषण गरेको प्रति समितिले गम्भीरतापूर्वक ध्यानाकर्षण भएको बताए ।
श्रम श्रृजना पत्रिका का सम्पादक नकुल देव जि. सि ले धम्की पुर्ण शब्दको प्रयोग गर्दै गलत आरोप लगायर रकम माग गरेको र अफुले भनेको, चाहेको जस्तो रकम नपाए बाफत समिति र आफ्नो नाम बदनाम गर्न यस्तो किसिमको हर्कत गरेको समितिका अध्यक्ष मान बहादुर थापाले बताए ।
अध्यक्ष मान बहादुर थापाले यस्ता भ्रामिक काल्पनिक , समाजिक सदभाबमा विखण्डन
गरि मेरो चरित्र हत्या,मानहानी गर्ने जो सुकै होस कानुन अनुसार न्याय खोज्ने बताए । यद्यपि सामुदायिकमा मैले गरेको काम सम्बन्धमा
सत्यतथ्य छानबिन गरियोस् मेरो पुर्ण समर्थन छ। तर बिनाकारण पत्र पत्रिका समाजिक संञ्जाल मार्फत जुन सुनियोजित तरिकाले तथ्यहिन समाचार सम्प्रेषण गरिएको छ। उसका विरुद्ध कानुनी उपचार खोज्न थापाले बताए ।
टोल कमिटी संयोजक पार्वती सिंहले नियमानुसार हुने काम हुदाहुदै पनि यसरी बदनाम गर्ने पत्रकार र पत्रीका प्रती कडाइका साथ कानुनी कार्वाहीमा जानुपर्ने बताए । पत्रिका का सम्पादकको नियत के हो भन्ने कुरा हामीले राम्रोसँग बुझेको बताउदै भ्रामक समाचार प्रति आपत्ति रहेको बताइन् ।
यसैगरी टोल कमिटी संयोजक देवलाल खड्काले हिजो सम्म विविध कारणले लथालिङ्ग भएको वनको अवस्था सुधार हुँदै आएको नदेखेको बताउदै हुँदै नभएको कुरा लाई लिएर समाचार सम्प्रेषण भएको बताए ।
यसैगरी समितिका सचिवले समाचार लेख्ने बारे हाम्रो आपत्ति नहुने तर यस्ता भ्रामक, कु प्रचार र कसैको चरीत्र हत्या हुने गरि तथ्यहिन समाचार सम्प्रेषणका सम्बन्धमा भने असह्य हुने बताएका छन ।
समिति उपाध्यक्ष उत्तरा धामिले यो हुँदै नभएका विषय लिएर कुनै पुर्वाग्रह साध्ने उद्देश्यले कसैको चरीत्र हत्या गर्ने जुनसुकै व्यक्तिलाई कसैलाई छुट नहुने कुराहरूमा आफ्नो आपत्ति रहेको बताइन् । आम जनसमुदाय एवम् उपभोक्ताहरुमा यस्ता भ्रामक सूचना तथा समाचारमा प्रति विश्वास नगर्न सत्यतथ्य के हो पहिचान गरि प्रतिक्रिया दिनुहुन आग्रह गरिन