गणेश क्षेत्री मंसिर २८ शुक्रबार
धनगढी – श्री उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को १८ औँ बार्सिक साधारणसभा टीकापुर नगरपालिका वडान ७ सत्तिमा सप्पन्न भएको छ
सहकारी का अध्यक्ष डम्बरबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडान ६ का अध्यक्ष बलिराम चौधरी प्रमुख अतिथि रहनुभएको थियो ! विशिष्ट अतिथिमा वडान ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपाने र रानिजमरा कुलरिया सिचाइ आयोजना संयोजक भरत प्रसाद कडेल रहनुभएको थियो
प्रमुख अतिथि चौधरी ले सहकारी ले कृषि मा क्रान्ति ल्याएको बताउनुभयो ! सहकारी नाफामुलक सँस्था मात्रै नभएर सामाजिक उत्तरदायित्व बहन गर्ने सहकारी को रुपमा आफुले पाएको बताउदै उत्कृष्ट बिउबिजन मा यो प्रदेश मा मात्रै नभएर लुम्बिनी प्रदेश लगायत सिरहा सप्तरि ,चितवन सम्ममा पनि बिउबिजन बिक्रीवितरण गर्नाले सहकारी को सफलता झल्किएको बताउनुभयो
विशिष्ट अतिथि न्यौपाने ले सहकारी ले बिउबिजन को क्षेत्रमा अग्रणि भुमिका खेल्नुका साथै आफ्नै कम्पाइन ले कटाइमा सदस्यहरुलाइ छुट दिएकोले कृषिकहरुलाइ राहत भएको र स्थानीय हरुले समेत बिउबिजन ग्रेडिङ गर्दा रोजगारि समेत पाएको बताउनुभयो अर्का विशिष्ट अतिथि रानिजमरा कुलरिया सिचाइ आयोजना संयोजक भरत प्रसाद कडेल ले कृषक हरुको जिवनस्तर उकास्न महत्त्वपूर्ण भुमिका खेलेको सहकारी उज्यालो सहकारी भएको बताउनुभयो
कडेल ले बिगतमा सहकारीको भौतिक संरचना तथा मेसिनरिमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा निरन्तरता रहने बताउनुभयो
कार्यक्रम मा सत्ति कृषि सहकारी का अध्यक्ष सन्जिब कुमार बैध्य ,लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड का अध्यक्ष कपुरसिह कडायत , समाजसेवी कृत ठकुल्ला , टिकापुर नगरपालिका कार्यपालिका सदस्य मन्जु श्रीपाइलि , धनसिहपुर कृषि सहकारी का अध्यक्ष धनसिह साउद लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो
७ लाख ९६ हजार १ सय ७१ रुपैयाँ मुनाफा कमाउन सफल भएको सहकारी मा सेयर सदस्य संख्या ९ सय ९० जना रहेका छन् ! सहकारी को सेयर पुँजि ४९ लाख ३५ हजार ४ सय रहेको छ ! निक्षेप २ करोड ९२ लाख ८६ हजार ८ सय ९ रुपैयाँ रहेको र कुल कर्जा लगानी २ करोड ८ लाख २८ हजार ९ सय २८ रुपैयाँ रहेको छ
कार्यक्रम मा बार्सिक प्रतिबेदन अध्यक्ष डम्बरबहादुर मगरले प्रस्तुत गर्नुभएको थियो
अध्यक्ष मगर ले बिउ उत्पादन गर्ने किसान हरुलाइ बिउ विषादि तथा अन्य कृषि सामाग्रीमा ५० प्रतिशत अनुदानमा बितरण र प्रत्यक्षमा ८ जना र आंशिक तर्फ बिउ प्रसोधन तथा भन्डारण मा २० जना र गहुँ र धान कटानिमा १० जना गरेर ३८ जनालाइ रोजगारी दिइ रहेको बताउनुभयो भने ब्यवस्थापक रामकृष्ण चौधरी ले सहकारी को गतिविधि को बारेमा प्रकाश पार्नुभएको थियो
कार्यक्रम सन्चालन कोषाध्यक्ष प्राङ्कुस चौधरी गरेका थिए भने कार्यक्रम को स्वागत बिस्णु खत्री ले गर्नुभएको थियो