हेमा भट्ट
२९मंसिर २०८१
धनगढी – कैलालीको गोदावरी नगरपालिका – ११ मा रहेको गोदावरी कृषि विकास सहकारी संस्थाको १३औं बार्षीक साधारणसभा सम्पन्न भएको छ । गाेदावरी नगरपालिका नगर उपप्रमुख शारदा देवी राेकायको प्रमुख आतिथ्यमा सहकारीको १३औं साधारण सभा शनिबार सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन गर्दै गाेदावरी नगरपालिकाकि नगर उपप्रमुख शारदा देवी राेकायले आर्थिक उपार्जन र समृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहने बताइन् । रोकायाले सहकारीले ओलानी क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । उनले ओलानी क्षेत्रका अधिकांश पुरुष भारतमा गएका भए पनि यहाँ बस्ने महिलाहरू आर्थिक आयआर्जनमा जोडिन सहकारीको ठुलो भूमिका रहेको बताइन् । उनले सहकारीमा अधिकांश महिला आबद्ध पनि भएकाले सहकारीले यस क्षेत्रका महिलाहरूलाई उद्यम गर्न सहज हुने बताइन् । उनले सहकारीबाट ऋण लिँदा उद्देश्यमा आधारित रहेर ऋण लिएर मात्रै काम गर्न आग्रह गरिन् ।पछिल्लो समय एकाध सहकारीमा देखिएको समस्याका कारण सहकारी क्षेत्रमा त्रासको वातावरण सृजना भइरहेको बताउँदै उनले ऐन, विधि र नियमानुसार सञ्चालित सहकारीहरूमा कुनै समस्या नरहेको उल्लेख गरिन् ।
विशिष्ट अतिथि वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम सिंह बडैलालले ओलानी क्षेत्रमा पुरुषहरू बाहिर जाने चलन बढी भएकाले सहकारीबाट महिलाले बढी लाभ लिन सक्ने बताए । उनले स्थानीयलाई लघुवित्त भन्दा पनि सहकारीमा आबद्ध हुन आग्रह गरे । वडा नम्बर १२ का वडा अध्यक्ष भीम बहादुर खड्काले अहिले ओलानीमा धेरै जग्गा बाझो रहन थालेकोमा चिन्ता व्यक्त गरे । उनले तराइको क्षेत्रमै रहेको ओलानीमा बसाइसराइ भएर घर, जग्गा बाझो रहने अवस्था रहेको बताए । उनले सोचे अनुसार कृषिमा सफलता हासिल गर्न नसकिएकाले यसमा जनता जागरूक हुन आवश्यक रहेको बताए । उनले ओलानी क्षेत्र बाख्रा पालनका लागि उपयुक्त भएकाले सहकारी सँगै स्थानीय सरकारले त्यसमा जोड दिनुपर्ने बताए । बाख्रा सँगै तरकारी खेतीको पनि ओलानीमा राम्रो सम्भावना रहेको उनले बताए ।
अतिथी वडा नम्बर ११ का पुर्व वडा अध्यक्ष तथा समिति संयोजक शिव बहादुर विक,खानेपानी संस्थाका अध्यक्ष कृष्ण बहादुर विक गोदावरी नगरपालिकाका कार्यपालिका सदस्य जनप्रतिनिधिहरू लगायतले सहकारीले स–साना पुँजीको सङ्कलन गरी शेयर सदस्यहरूको माग अनुसार उचित स्थानमा लगानी गर्नुपर्नेमा जोड दिए । साथै मुलुकको अर्थतन्त्र चलायमान गराउँदै आफ्ना शेयर सदस्यहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने बाटोमा सहकारीहरू अग्रसर हुनु पर्ने उनीहरूले बताए ।
साधारणसभाले संस्थाका सचिव भिम बहादुर विकद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष
पार्वती विकद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
गोदावरी कृषि विकास सहकारी वडा नम्बर १०, ११ र १२ को कृषि क्षेत्रलाई प्रवद्धन गर्ने उद्देश्यले मिति २०६९-०५-०९ गते स्थापना गरिएको सहकारीको हाल चुक्ता सेयर पुजी १७ लाख ३० हजार ९ सय पुगेको संस्थाले जनाइएको छ । सस्थाले हाल १ करोड २५ लाख ४४ हजार ८८५ रुपैयाँ लगानी गरेको सहकारीका सचिव गणेश विकले बताए । सहकारीमा हाल ८६ लाख २८ हजार ६९३ रुपैयाँ निक्षेप रहेको छ । सस्थाको कुल सम्पती भने १३ लाख ५० हजार २७३रुपैया ५९ पैसा पुगेको छ । हाल सहकारीमा ९०१जना सेयर सदस्य रहेको छन ।
२०६७ – ०५-०९ मा सुरु गरिएको गरिवी निवारण कार्यक्रम अन्तरगत ७४१ जना दलित समुदायबाट मासिक १५ रुपैयाँ बचत गरी जम्मा भएको कोषबाट सहकारीको स्थापना गरिएको कार्यक्रमका विशिष्ट अतिथि तथा सहकार्यका पुर्व अध्यक्ष टेकबहादुर विकले जानकारी गराए ।
विकले सुरुमा उक्त कोष मार्फत समुह भित्र सीप भएका दलित समुदायका व्यक्तिहरुलाई सहुलियत दरमा ऋण प्रवाह गरिएको थियोे भने पछि कोषको आकार बढ्दै गएपछि त्यसकालाई व्यवस्थापन गर्न सहकारीका रुपमा अघि बढाइएको बताए ।
सहकारीका अध्यक्ष कृष्ण विकले सहकारीमा निर्भर रहेका कृषकहरूलाई आधुनिकीकरण र व्यवसायीकरण गरी मानिसहरूलाई स्वरोजगार बनाउन सहकारी लागिपरेको बताए । उनले सहकारी मार्फत सामुहिक तरकारी खेती, गोठे मल खाल्डो सुधार अभियान बेमौसमी तरकारी खेती, बिउ बिजन मल वितरण, अनुदानमा बाख्रा वितरण लगायतका काम आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन गरिएको बताए ।
सहकारीका संस्थापक अध्यक्ष टेक विकले सहकारीले सुरुवात कालदेखि नै उत्कृष्ट हुँदै आएको बताए । उनले सहकारी आर्थिक क्रियाकलापमा मात्रै सीमित नभई शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि काम गरिरहेको भन्दै धन्यावाद ज्ञापन गरे । साधारण सभामा आर्थिक वर्ष २०८१ असार मसान्त सम्मको आयव्यय विवरण पनि पेस गरिएको थियो ।
हाल सहकारीले मार्फत बिभिन्न कृषि सम्बन्धि कार्यक्रम संचालन भइरहेका छन । समुदायबाट मासिक १५ रुपैयाँ बचत गरी जम्मा भएको कोषबाट सहकारीको स्थापना गरिएको अध्यक्ष कृष्ण बहादुर विकले जानकारी गराए ।
उनले कोष मार्फत सीप भएका व्यक्तिहरुलाई सहुलियत दरमा ऋण प्रवाह गरिएको भएपनि पछि कोषको आकार बढ्दै गएपछि त्यसकालाई व्यवस्थापन गर्न सहकारीका रुपमा अघि बढाइएको बताए । हाल सहकारीले मार्फत बिभिन्न कृषि सम्बन्धि कार्यक्रम संचालन भइरहेका छन । २०६७ सालमा स्थापना भएको दलित विकास सेवा केन्द्र अन्तरगत आयआर्जन वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको थियो ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर विकको अध्यक्षतामा सम्पन्न सभामा स्वागत उपाध्यक्ष
बसन्ती विकले र सञ्चालन सचिव भिम बहादुर विकले गरेका थिए । संचालक समिति र लेखा समिती सर्वसम्मत रुपमा निर्वाचित भयो काे छ ।अध्यक्ष :कृष्ण बहादुर विक,उपाध्यक्ष बसन्ती विक, कोसाध्यक्ष राधा विक,सचीव भिम बहादुर विक, सह सचीव लक्ष्मी विक,सदस्य पबित्रा भुल, कमला नेपाली,लक्ष्मी,दिपक विक,लेखा समिती संयोजक मन्जु देबि बोहोरा,सदस्य कबिता विक, भरत विक चयन भएका छन् ।