लिटल प्रिन्स एण्ड प्रिन्सेज २०८१ सम्पन्न समर्पण र रुचिका बने विजेता ।

२९ मङ्सिर धनगढी
लिटल फ्लावर बोर्डिङ्ग हाइ स्कुल धनगढीको आयोजना भएको लिटल प्रिन्स एण्ड प्रिन्सेज २०८१ आज सम्पन्न भएको छ ।

विद्यालयमा सम्पन्न कार्यक्रममा लिटल प्रिन्स तर्फका विजेता समर्पण जोशी र लिटल प्रिन्सेज तर्फका विजेता रुचिका टण्डन भएका छन् । यसै गरि लिटल प्रिन्स तर्फका फस्ट रनर अप किस्मत साउँद भएका छन् भने लिटल प्रिन्सेज तर्फका फस्ट रनर अप निर्जला भण्डारी भएका छन् । लिटल प्रिन्स तर्फ सेकेण्ड रनर अप सुशान्त सिंह भएका छन् भने लिटल प्रिन्सेज तर्फका सेकेण्ड रनर अप सुविका नेपाली भएका छन् ।

विद्यालयका प्रबन्ध निर्देशक प्रकाश छेडालको सभापतित्वमा र सुप कला प्रतिस्ठानका महासचिव गुणाकर पनेरुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिक्षक भिम शाहले व्यक्त गरुका थिए भने कार्यकमको संचालन विद्यालयका शैक्षिक संयोजक एकेन्द्र धामीले गरेका थिए । कार्यक्रममा मुख्य निर्णायकको भूमिकामा नृत्यंगना तथा मोडेल अनु खड्का रहनुभएको थियो ।

पढाईलाइ केन्द्रमा राखि पढाइमा बाधा नहुनेगरि विद्यार्थीहरुको चौतर्फी बिकासका लागि विद्यालयले अब निरन्तर रुपमा कार्यक्रम गर्ने विद्यालयका प्रधानाध्यक विवेक भट्ट बताउनु भएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply