टीकापुरको सप्तऋषि माविमा सिकलसेल एनिमिया शिविर संचालन:१७ जनामा पाेजेटिभ

३० मंसिर २०८१
धनगढी – सप्तऋषि माध्यमिक विद्यालय (पाठशाला) मा सिकलसेल एनिमिया शिविर आयोजना गरिएको छ । निमेष सामुदायिक अस्पतालको आर्थिक सहयोगमा विद्यालयले विद्यालयमा अध्ययनरत बालबालिकाहरू सहभागी थिए। टीकापुर नगरपालिका १ स्थिति सप्तऋषि माध्यमिक विद्यालयमा १७ जना विद्यार्थीमा सिकलसेल एनिमिया पोजेटिभ देखिएको छ ।

जिल्ला कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ स्थित गुलरिया बजारमा रहेको निमेष सामुदायिक अस्पतालको आर्थिक सहयोगमा गरिएको सिकलसेल एनिमिया रगत स्क्रीनिङ शिविरमा १७ जना विद्यार्थीमा पोजेटिभ देखिएका छन् ।

उक्त शिविरमा कक्षा ८ देखि १२ सम्मका १०७ जना विद्यार्थीको सिकलसेल जाँच गरिएको निमेष सामुदायिक अस्पतालका सञ्चालक डाक्टर फुलाराम चोधरीले जानकारी गराए ।


उनले पोजेटिभ नतिजा आएकाहरूको सेती प्रादेशिक अस्पतालमा एचबी इलोक्ट्रोफोरेसिस गरिने बताए । एचबी इलोक्ट्रोफोरेसिस रिपोर्ट आएपछि पुनः विद्यालयमा गएर थप परामर्श दिइने उनले बताए । विद्यालयको शैक्षिक अवस्था सुधार गर्न बालबालिकाहरूको स्वास्थ्य मजबुत बनाउन शिविर महत्त्वपूर्ण रहेकोे

निमेष सामुदायिक अस्पताल तथा सिकल सेल अनुसन्धान केन्द्रका संचालक डाक्टर फुलराम चौधरीले
बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply