फोहोर व्यवस्थापन हुन नसक्दा डोकेबजार दुर्गन्धित

२ पुस धनगढीः
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा रहेको डोकेबजारमा फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धित बन्दै गएको छ । भारतीय गाडिहरुको दबदबा संगै अव्यवस्थित सवारी साधन पार्किङ र फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धित बन्दै गरेको हो ।

नाकामा आवतजावत गर्ने, सो क्षेत्रमा रहेका स्थानीय नागरिकहरुले जथाभावी फोहोर फाल्नु र भारतीय नागरिकहरुको दबदबा रहनुका साथै स्थानीय सरकारले व्यवस्थापनमा लापरबाही गर्दा यो बजार अस्तव्यस्तनै भएको छ ।

‘स्थानीय सरकारलेनै कुनै काम गर्न सकेको छैन’ यस बजारमा बस्ने बासिन्दाहरु भन्छन् ‘पुनर्वास वडा नम्बर ११ का दुई जना वडा सदस्य यसै बजारबाट निर्वाचित भएका छन् । निर्वाचित हुनेमा पदमसिंह धामी र प्रदिप सिंह हुन् । दुबैलाई यस बजारबारे चिन्ता पनि छैन् अर्का एक बजारबासी भन्छन् ‘फोहोर कहाँ फाल्ने हालसम्म कुनै योजना छैन् ।’नगर प्रमुख र वडा अध्यक्षलाई यहाँको समस्याका बारेमा पटक–पटक कुरा राख्दा वेवास्ता गर्दै आएको स्थानीय बजारबासीहरुको जनगुनासो रहेको छ ।

अर्का एक बजारबासी भन्छन् –‘जनप्रतिनिधिहरु यहाँका समस्याका बारेमा बोल्न चाहन्न् ।’ पुनर्वास ११ का वडा सदस्य पदमसिंह धामीसंगको जिज्ञासामा नगरको कुनै योजना नरहेको बताए । ‘वडामा कुनै बजेट छैन् । हालसम्म यस बजारको विकासका निम्ती स्वयम नगर प्रमुख र वडा अध्यक्षनै जानकार होलान’ उनी भन्छन् –‘अव्यवस्थित विद्युतिय सवारी पार्किङ र भारतीय गाडिहरुको पार्किङ्ग स्थल बनेको छ ।’

यसै बजारमा बस्दै आएका अर्का एक सदस्य प्रदिप सिंहले यो कुरालाई स्वीकार गर्दै –‘आफुले केही गर्न नसकेको र भविष्यमा यसले विकराल रुप लिन सक्ने छ ।’ वडा नम्बर ११ का वडा अध्यक्ष तुलसी अर्याल (विनोद)संग अव्यवस्थित पार्किङ, भारतीय गाडिको दबदबा र फोहोर व्यवस्थापनका विषयमा जिज्ञासा राख्दा “फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको खोजीमा छौं । भारतीय सवारी साधन व्यवस्थापनमा ट्राफिक प्रहरी जिम्मेवार हुनुपर्छ र अव्यवस्थित सवारी साधन पार्किङको कुनै योजना छैन् ।”

विना भन्सारका भारतीय सवारी साधन दिनभरी खडा रहन्छन् । ‘कानुनी रुपमा सुविधा धनगढी उपमहानगरपालिकाका लागि हुन्छ । सुविधा लिएर कञ्चनपुरमा पार्किङ गर्न पाइदैन’ एक नागरिक भन्छन् ‘मन्दिर क्षेत्र, स्वास्थ्य चौकीको अगाडि अव्यवस्थित पार्किङ गरेर आवतजावतमा समस्या परेको छ । यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले चासो दिएको छैन् ।’

फोहोर व्यवस्थापनको लागि वडा अध्यक्षलाई आग्रह गर्दा समेत वास्ता नगरेको अस्थायी ट्राफिक पोस्ट डोकेबजारका इन्चार्ज जीवन भण्डारीले बताए। उनले भने “फोहोरले गर्दा दुर्गन्धित भएको छ,मैले पनि फोहोर देखेर वडा अध्यक्षलाई भनेको थिए । वास्ता गर्नुभएन।”

उनले थपे “भारतीय गाडीहरूको अव्यवस्थित सवारी साधन पार्किङ नभएको र डोकेबजार नजिकैका कुनै व्यक्तिका घर नजिकै पार्किङ भएको छ भने हामीले केही गर्न मिल्दैन । सडक छेउछाउतिर पार्किङ भएको छैन। बाटो खुल्ला छ। ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply