कैलालीमा महिलामाथि कुटपिट गर्ने चार जना पक्राउ

५ पुस धनगढीः
कैलालीमा एक महिलामाथि कुटपिट गर्ने चार जना पक्राउ परेका छन्। हिजो (विहिबार) जिल्लाको भजनी नगरपालिका–१ की असिना चौधरीलाई कुटपिट गरेको आरोपमा एक महिलासहित चार जना पक्राउ परेका हुन्।

एकआपसमा विवाद बढ्दै गएपछि ती महिलामाथि चारै जनाले कुटपिट गरेको आरोप लागेको छ। कुटपिटमा संलग्न सोही नगरपालिकाका लहानु डगौरा, रुपा चौधरी, मनोज चौधरी र बाबुराम डगौरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply