धनबहादुर बिक –
पुनर्वास –
२५ बिद्यालय का करिब एक हजार बिध्यार्थिले प्रतियोगितामा भाग लिने
स्वास्थ्य का लागि खेलकुद , राष्ट्र का लागि खेलकुद मुल नारा सहित श्री गौरीशंकर माध्यमिक बिद्यालय को खेलमैदान मा शुक्रबारदेखि १५ औं रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ ।
कञ्चनपुर को पुनर्वास नगरपालिका ले आयोजना गरेको १५ औं संस्करण को नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि गौरीशंकर माविमा उद्घाटन भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै संघिय सांसद तारालामा तामाङले खेलकुदले विद्यार्थीको शारीरिक , मानसिक साथै आत्मिक तन्दुरुस्त बनाउने र सिकाइमा ताजापन ल्याउनमा खेलले ठूलो भूमिका खेल्ने कुरा बताउनुभयो ।
कार्यक्रम का प्रमुख अतिथि समेत रहनुभएका एमाले नेता लामाले आफु स्वयं यसै क्षेत्र को नागरिक भएको हैसियतले खेलाडी भाइ बैनिहरूको विकास का लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
खेलले स्वास्थ्य मा टेवा पुग्ने मात्र नभई अनुशासन पनि सिकाउछ एकआपसमा एकता र सुमधुर सम्बन्ध समेत राख्न मद्दत पुग्दछ वहाँ ले जोड दिनुभयो
उहाँले विकास होस वा खेल क्षेत्र कसैले पनि राजनीति गर्न नहुने बिषयमा जोड दिनुभयो ।
कार्यक्रम का सभापति तथा पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्माले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थानीय तह , प्रदेश हुँदै संघिय तह सम्म खेलको माध्यमबाट स्थानीय क्षेत्र लाई राष्ट्रियस्तरसम्म परिचित गराउन मद्दत मिल्ने बताउनुभयो ।
पुनर्वास नगरपालिकाले सिमित श्रोत साधन भित्र रहेर पनि विगतका बर्षहरूमा हाम्रो पालिकावाट छनौट भएका खेलाडीहरुले जिल्ला, प्रदेश र राष्ट्रीय स्तर समेत आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन। यस वर्ष पनि प्रतियोगिता बाट छनौट भएका खेलाडी विद्यार्थी- हरुले जिल्ला, प्रदेश र राष्ट्रीयस्तर या आफ्नो नाम र पालिकाको नाम राख्न सफल हुनेछ भन्ने अपेक्षा राख्दछु नगर प्रमुख तोय प्रसाद शर्माले आफ्नो भनाइमा जोड दिनुभयो ।
कार्यक्रम का बिशिस्ट अतिथि पुनर्वास नगरपालिका निवर्तमान नगर प्रमुख जिवनराज थापाले खेलको माध्यमबाट म राष्ट्र का लागि केही योगदान दिनेछु भन्ने बिध्यार्थि भाइ बैनीहरूलाई अवसर मिल्ने तथा खेलकुद को माध्यमबाट आफ्नो कैरियर बनाउने सुनौलो अवसर समेत रहने बिषयमा उनलेे जोड दिए । उनले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता कार्यक्रम को सफलताको शुभकामना दिएका थिए ।
नगर उप प्रमुख भुलिया कुमारी रानाले बिध्यार्थि भाइ बैनिहरूको प्रतिभालाई प्रस्फुटन गराउन तथा उनिहरूको प्रतिभा संगै पुनर्वास लाई राष्ट्र मा चिनाउन हरेक बर्ष झै यस बर्ष पनि नगरपालिका ले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को आयोजना गरिएको बताईन ।
आफ्नै वडा अन्तर्गत रहेको बिद्यालय मा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन हुन लागेको मा हर्षित हुदै पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदमबहादुर रोकाय ले खेल अवधिभरी अत्यन्तै अनुशासन र सौहार्दपुर्ण वातावरणमा सम्पन्न होस भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
पौष ५ गतेदेखि ७ गतेसम्म आयोजना गरिने उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुनर्वास का सामुदायिक तथा निजि माध्यमिक तहका २५ बिद्यालय सहभागी रहेका छन ।
गतबर्ष पुनर्वास नगरपालिका ८ मा रहेको बागिश्वरी माविको खेलमैदान मा सञ्चालन गरिएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता यस बर्ष आफ्नो बिद्यालय को खेलमैदान मा सञ्चालन गर्न पाउँदा खुसी लागेको गौरीशंकर माविका प्र अ लोकबहादुर थापाले बताउनुभयो आफ्नो बिद्यालय मा प्रतियोगिता का लागि अवसर दिएकोमा उहाँले नगरपालिकालाई धन्यवाद समेत दिनुभयो ।
प्रतियोगितामा प्रमुख निर्णायक को भुमिका मा रहेका खेल शिक्षक कर्ण बहादुर रोकायाले विद्यार्थीको सर्वांगिण विकासमा टेवा पुग्ने भएकाले खेलकुदलाई स्थानीय तहले मात्र नभई विद्यालयले समेत प्राथमिकता दिन सुझाव दिए।
माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्लामा प्रतिस्पर्धा गर्न अवसर प्राप्त हुने अर्का निर्णायक तथा खेल शिक्षक जय बहादुर चन्दले बताए ।
प्रतियोगितामा छात्र छात्रा भलिबल, कबड्डी, रिले दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा नगरपालिकाभित्रका २५ विद्यालयका करिब एक हजार विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाईएको छ ।
शुक्रबार भएको खेलहरूमा मार्चपास तर्फ प्रथम गौरीशंकर मावि दित्तिय एस पि एल एकेडेमी मावि र तित्तिय पुनर्वास जनता मावि रहेका छन । त्यसैगरी ८०० मिटर छात्र रिले दौड मा जीवन ज्योति मावि ले प्रथम स्थान बागिश्वरी माविले द्वितीय स्थान र जीवन ज्योति माविले नै तित्तिय स्थान हासिल गरेका छन । छात्रा रिले दौड ८०० मिटर को प्रथम स्थान बागिस्वरी मावि ले हात पारेको छ भने द्वितीय स्थान जीवन ज्योति माविले नै हात पारेको छ तित्तिय स्थान बागिस्वरी मावि ले प्राप्त गरेको छ ।
यस्तै सर्टफुट छात्रा तर्फ को प्रथम स्थान जीवन ज्योति मावि को रहेको छ द्वितीय स्थान गौरीशंकर मावि ले प्राप्त गरेको छ भने तित्तिय स्थान सरस्वती मावि ले हासिल गरेको छ । छात्र तर्फको सर्टफुट को प्रथम स्थान सरस्वती मावि ले लिएको छ द्वितीय स्थान दुर्गा माविले प्राप्त गरेको छ भने तित्तिय स्थान बिजय मावीले हासिल गरेको छ ।
प्रतियोगि खेलाडी लाई मेडल , प्रमाणपत्र प्रदान गरिने छ भने , प्रतियोगितामा सहभागी बिद्यालय लाई नम्बर तथा खेल बिधाको आधारमा शिल्ड पुरस्कृत गरिने आयोजकले जनाएको छ ।