६ पुस धनगढीः
कञ्चनपुरको दोधारा चाँदनीमा जारी दोस्रो संस्करणको टिचर क्रिकेट लिग सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमबाट सहयोग र शारदा सरस्वती माध्यमिक बिद्यालयको आयोजनामा संचालन भएको दोस्रो संस्करणको टिचर क्रिकेट लिग सुक्रवार एक कार्यक्रमको बिच सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा शारदा सरस्वती माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको १६ वटा सामुदायिक र संस्थागत बिद्यालयको १३ वटा क्रिकेट टिम प्रतियोगितामा सहभागी रहेको प्रतियोगितामा शारदा सरस्वती माबिका टिम बिजयता र भानु माध्यमिक बिद्यालयका टिम उपबिजयता भएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् ।
‘त्यागौं, खराव संगत र खराव बाटो † शारिरिक र बौद्धिक रुपले स्वस्थ्य रहौं, त्यसको साटो’ नारा सहित संचालन भएको टिचर क्रिकेट लिग प्रतियोगितामा सहयोग गर्ने दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख लगाएत सबैलाई वडाध्यक्ष सुनारले धन्यबाद दिनुभएको छ् । खेलको माध्यमबाट देशलाई चिनाउन सकिने भएको हुदा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा थप खेलको बिकास गर्न अझै जरुरी रहेको उहाँले बताउनुभएको छ् । प्रतियोगिताको समापन सत्रमा आफ्नो बिचार ब्यक्त गर्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बिगतका दिनहरुको तुलनामा नगरपालिका क्षेत्रमा खेलकुदको धेरै बिकास भएको बताउनुभएको छ् ।
नगरपालिकाले खेलकुद बिकास समिति गठन गरि प्रत्येक वर्ष बिभिन्न प्रकारका खेलकुद प्रतियोगिता गर्दै आएको नगर प्रमुख लिम्बुले बताउनुभयो । शिक्षा क्षेत्रको बिकास संगै खेलाडी उत्पादनमा नगरपालिका गम्भिर भएर लागेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । टिचर क्रिकेट लिग गत वर्ष देखि सुरु भएको र यसले सकारात्मक सन्देश दिन सफल भएको बताउदै नगर प्रमुख किशोर कुमार लिम्बुले प्रतियोगितालाई निरन्तर दिदै जाने प्रतिबद्धता जाहेर गर्नुभएको छ् । विश्वका अन्य देशहरुले खेल क्षेत्रलाई उच्च महत्व दिदा नेपालले भने अझै खेल क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको उहाँले बताउनुभयो ।
खेलाडीहरुलाई खेल क्षेत्रमा टिकाईरहन र अझ प्रतिष्पर्धा बढाउन राज्यले नीतिगत र व्यवहारिक रुपमा सहजता प्रदान गर्नुपर्ने उहाँको भनाई रहेको छ् ।
प्रतियोगितामा बिजयता र उपबिजयता टिमलाई नगद, ट्रफी लगाएत प्रमाण पत्र प्रदान गरिएको आयोजक संस्था शारदा सरस्वती माध्यमिक बिद्यालयले जनाएको छ् ।