‘गेटामा मेडिकल कलेज सञ्चालन गर्न आवश्यक भइसकेको छ’

७ पुस धनगढीः
नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले कैलालीको गेटामा शिक्षण अस्पताल सञ्चालनमा आफूले पहल गर्ने बताएका छन्।

गेटामा यति धेरै आकर्षक पूर्वाधार निर्माण भइसकेको बताउँदै शिक्षण अस्पताल सञ्चालनमा आफुले सहयोग गर्ने बताएका हुन्। आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले गेटामा शिक्षण अस्पताल सञ्चालन गर्न आवश्यक भइसकेको बताएका छन्। यसका लागि आफुले पहल गर्ने दाबी समेत गरेका छन्। सात प्रदेशमध्ये शिक्षण अस्पताल नभएको प्रदेश सुदूरपश्चिम मात्रै हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply