८ पुस धनगढीः
साहियकार सिर्जन श्री सम्मानित भएका छन् ।
कंचनपुरको कृष्णपुर २ स्थायी बसोबास भएका सिर्जन श्रीलाई डायनेष्टि मोर्डन गुरुकुल एकेडेमी छिनकी फार्म खटिमा भारतमा आयोजित ” अन्तर्राष्ट्रिय कवि सम्मेलन एवं सम्मान समारोह-२०२४ मा टीकाराम पाण्डेय(एकाकी) स्मृति साहित्य मैत्री सम्मान २०२४ द्वारा सम्मान गरिएको हो ।
उनलाई २२/१२/२०२४ सम्मान गरिएको एक दिन अघि अर्थात २१/१२/२०२४ मा अर्को कार्यक्रमा समेत भारतको रुद्रपुरमा सम्मान गरिएको थियो ।
उनलाई बुलंदी साहित्यिक सेवा समिती रुद्रपुर द्वारा hotel naini rudrapur मा गरिएको अन्तर्राष्ट्रिय कवि सम्मेलमा “देवनागरी २०२४” पनि प्रदान गरिएको थियो ।
लामो समय प्रवासमा बसेर नेपाली साहित्यक्षेत्रमा योगदान पुर्याउनु भएका सिर्जन श्रीलाई गत बर्ष सुदूरपश्चिम सरकारले समेत सम्मान गरेको थियो ।
हाल उनी प्रगतिशील लेखक सङ्घको सुप सचिब र अखिल नेपाल लेखक सङ्घको केन्द्रीय सचिव छन् ।