गणेश क्षेत्री
धनगढी – डायमन्ड सफारि टुर एन्ड ट्राभल्स प्रालि को आज आइतबार टीकापुर नगरपालिका वडान ९ खक्रौला मा एक कार्यक्रम का बिच उद्घाटन भएको छ
ट्राभल्स का अध्यक्ष सर्पराज साउद को सभापतित्वमा भएको कार्यक्रम मा टीकापुर नगरपालिका का मेयर रामलाल डगौरा प्रमुख अतिथि रहनु भएको थियो । विशिष्ट अतिथिमा भजनि नगरपालिका का उप मेयर राजु तिरुवा र जानकि गाउँ पालिका का अध्यक्ष गणेश चौधरी रहनुभएको थियो
प्रमुख अतिथि मेयर रामलाल डगौरा ले ईन्डिया रोजगारी मा जानु रहर नभइ बाध्यता भएको तर सुरक्षित तरिकाले नेपाली दाजुभाइ हरु गन्तव्य स्थल सम्म पुग्नुपर्ने बताउनुभयो ! जिवन अमुल्य छ त्यसैले सबै सचेत हुनुपर्ने मेयर चौधरी को भनाइ थियो
विशिष्ट अतिथि जानकि गाउँ पालिका का उपाध्यक्ष गणेश चौधरी ले जिवन अमुल्य हुन्छ र यात्रा गर्दा यात्रुहरू को जिवन ड्राइभर को हातमा हुनेहुनाले अनुभवी ड्राइभर लाइ चालक राख्नुपर्ने बताउनुभयो
वडान ८ का अध्यक्ष दिर्घ ठकुल्ला ले यात्रुहरुको बिमा अनिवार्य गर्नुपर्ने र दुर्घटना नहोस तर कथमकदाचित भइ हालेमा यात्रुहरू ले नियमअनुसार क्षेत्रीपुर्ति समयमै पाउनुपर्ने बताउनुभयो
स्थानीय समाजसेवी गोबिन्द कोईराला ले यात्रुहरुलाइ समयानुकूल अत्याधुनिक बस डायमन्ड सफारि प्रालि ले ब्य्वस्था गरेकोले यात्रुहरु लाइ सहज हुने बताउनुभयो
प्रा लि ले लखनौ , दिल्ली , मथुरा ,अयोध्या , हरिद्वार लगायत का ठाउँमा सेवा प्रदान गर्ने भएको र केहि समयमै सेवा बिस्तार गरिने सन्चालक शुरेस खड्का ले बताउनुभयो
अध्यक्ष सर्पराज ले आधुनिक बस, कारहरु भएकोले समयमै र शुरक्षित गन्तव्य स्थलसम्म पुर्याउने प्रतिबद्धता रहेकोले सेवा गर्ने मौका दिन अनुरोध गर्नुभयो
कार्यक्रम मा स्थानीय, बुद्धिजिबि , पत्रकार , सुरक्षा निकायका प्रमुख र ईन्डिया बाट आएका ब्यापारी हरुको उपस्थिति रहेको थियो