बेलडाडीमा पुर्व प्रअ को घरबाट अबैध काठ बरामद भिडियो सहित

धनबहादुर बिक
बेलडाडी २०८१-१७ पुस
कञ्चनपुर -बेलडाडी गाउपालिका वडा नम्बर २ स्थित स्थानीय बासुदेब ओझाको घरबाट ठुलो परिमाणमा अवैध सालका काठ फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय बेलडाडी का प्रहरी निरिक्षक दिपेन्द्र चन्दले दिएको जानकारी अनुसार बेलडाडी गाउपालिका वडा नम्बर २ का बासुदेब ओझाको घरगोठबाट ११ थान चिरान गरिएका सालका काठ र गोठ नजिकै माटो मुनि लुकाएर राखेको अवस्थामा पाँच थान सालका गोलिया फेला परेको जनाईएको छ ।

प्रहरी निरिक्षक चन्दका अनुसार गाउपालिका उपाध्यक्ष शान्ति नाथ का छिमेकी बासुदेब ओझा दुबै जनाको सांध सिमाना मा बिबाद रहेको र हाल कञ्चनपुर जिल्ला अदालतको आदेशअनुसार सांधसिमाना सनतुलन मिलाउने क्रममा खनजोत गर्दा उक्त सालका अवैध काठ फेला परेको बताईएको छ ।
श्री शैलेश्वरी माविमा पुर्व प्र अ समेत रहेका बासुदेब ओझालाई उदृत गर्दै प्रहरी निरिक्षक चन्दले उक्त सालका काठहरू द्वन्द्वकालमा खरिद गरेर ल्याईएका र चिरान गर्न समयअनुकुल नभएर त्यतिकै राखिएको बताए ।
हाल ओझा केही समयदेखि सपरिवार महेन्द्रनगर बस्दै आएको र सांध सिमाना बिबाद आएपछि सुल्झाउनका निमित्त बेलडाडी आएको बताईएको छ ।
बरामद गरिएको उक्त अवैध काठहरू बेलडाडी रेञ्जपोष्टको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका अवैध काठहरू को नापजाँच गर्न बाकि रहेको र नापजाँच पछि शुक्लाफँटा राष्ट्रिय वनको जिम्मा लगाईने बेलडाँडी रेञ्जपोष्टका रेञ्जर बिक्रम चौधरीले बताए । सो बिषयमा थप जानकारी का लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज का सूचना अधिकारी प्रुसोतम वाग्ले संग उहाँको मोबाइल मा सम्पर्क हुन सकेन ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply