महत्त्वपूर्ण निर्णय सहित पत्रकार महासंघ कञ्चनपुर को दोस्रो बैठक सम्पन्न

धनबहादुर बिक –
२०८१ पुस १९
कञ्चनपुर- पत्रकार महासङ्घ कञ्चनपुर शाखा कार्यसमितिले पत्रकारको हकहित हुने महत्वपूर्ण निर्णय गरेको छ । महासङ्घको शुक्रवार बसेको दोस्रो बैठकले जिल्लामा रहेका सञ्चार माध्यम र पत्रकारहरूको अभिलेखीकरण गर्ने निर्णय गरेको छ ।

जसमा कुन्दन पाण्डेयको संयोजकत्वमा कोषाध्यक्ष मोहन बिष्ट, सदस्यहरू दिनेश राज ओझा, धन बहादुर बिक, हरिलाल जोशी सदस्य रहने गरि अभिलेखीकरण समिति चयन गरिएको छ ।

यस्तै पत्रकार कल्याण कोषको स्थापना गर्ने निर्णय भई पत्रकार कल्याण कोषको स्थापनाको लागि सुझाब सङ्कलन , कार्यविधि निर्देशिकाको निर्माणको लागि संस्थाका सचिव कुन्दन राज पाण्डेयको संयोजकत्वमा सदस्यहरू धन बहादुर महता र भवानी भट्ट (भुवन) सदस्य रहने गरि समिति चयन र स्वास्थ्यमा समस्या अर्थात खुट्टामा नसाको समस्या भएका पत्रकार, शाखा तथा कार्यसमिति सदस्य सुजित सिनाललाई महासङ्घ कञ्चनपुर शाखाले उपलब्ध गराउँदै आएको आर्थिक सहयोग प्रदान गर्ने निर्णय लगायत पत्रकार हक हितका निर्णय गरेको महासङ्घ सचिव कुन्दन राज पाण्डेयले जानकारी गराउनु भयो ।

जिल्लामा हरेक श्रमजीवी पत्रकारहरूले महासङ्घले गरेको यस्तो निर्णय स्वागतयोग्य भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply